Erani Mahal
नेपालमा काेराेना संक्रमितकाे संख्या १४ पुग्याे
rr

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित हुने मानिसकाे संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे साेमबारकाे नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई संक्रमण भएको उहाँले जानकारी दिनुभयाे । त्यस्तै राैतहटकाे क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूष पनि काेराेना संक्रमित भएकाे पुष्टि भएकाे उहाँले उल्लेख गर्नुभयाे ।


¥यापिड टेष्टमा भाइरस फेला नपरेपछि घर पठाइएकी ती महिलामा कोभिड–१९) पछि काठमाडौमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हाे । उहाँ वीरगञ्ज नाकामा चिया बेच्नुहुन्थ्यो । लक डाउनका कारण समस्यामा परेकाहरू उहाँसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा कैलालीको लम्की पठाएको थियो ।


उहाँहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि उहाँहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update