Erani Mahal
पाल्पामा ४५ जनाको र्‍यापिड डाइगोनस्टिक टेस्ट
kk

पाल्पा - जिल्लामा विभिन्न स्थानीय तहमा क्वारेन्टाइनमा बसेका र हाेम क्वारेन्टाइनमा बसेका गरी हालसम्म ४५ जनाको आरडिटी (र्‍यापिड डाइगोनस्टिक टेस्ट)को माध्यमबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । ती सबैजनाको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार मात्रै ४४ जना र आइतबार तानसेनको बर्तुङ्को क्वारेन्टाइनमा बसेका गुल्मी जिल्लाका १ जनामने (र्‍यापिड डाइगोनस्टिक टेस्ट गरिएको थियो । उक्त टेस्टबाट बर्तुङ्मा क्वारेन्टाइनमा बस्ने युवाको समेत रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

शुक्रबार रैनादेवी छहरामा ११, रिब्दीकोटमा ३, पूर्वखोलामा २१ र रामपुरमा ९ जना गरी ४४ जनाको र्‍यापिड डाइगोनस्टिक टेस्टको माध्यम्बाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । साेमबार भने कसैकाे पनि यापिड डाइगोनस्टिक टेस्ट नभएकाे न्याैपानेले जानकारी दिनुभयाे । क्वारेन्टाइनमा बसेका ३० बढी घरमा फर्किएका छन् । यस्तै अहिले रामपुरकाे क्वारेन्टाइनमा ९, पूर्वखाेलाकाे देवीनगरमा ६ जनालाइ क्वारेन्टाइनमा राखिएकाे छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update