Erani Mahal
सामुदायिक वनद्वारा विपन्न उपभाेक्तालाई राहत वितरण
ttt

पाल्पा - निस्दी गाउँपालिकाको एक सामुदायिक वनले गरिव तथा विपन्न उपभोक्तहरुलाई राहत वितरण गरेको छ। आफरेडाँडा सामुदायिक वन उपभोक्त समूह निस्दी-४, मित्याल, पाल्पाले उपभोक्त समूहमध्ये गरिव तथा विपन्न ५६ घरधुरीलाई राहत प्रदान गरेको हो।

निस्दी गाउँपालिका, निस्दी सब-डिभिजन वन कार्यलय, ४ नम्बर वडा कार्यलय मित्याल र रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालको रोहवरमा राहत वितरण गरेको उपभोक्त समूहका अध्यक्ष ऋषिलाल सुनारीले बताउनुभयो ।

प्रतिघरधुरी चामल २५ केजी, दाल १ केजी, नुन १ केजी, तेल १ लिटर र साबुन लगायतका सामग्री वितरण गरेको निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यलय मित्यालका वडा सदस्य रन बहादुर गाहाले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update