Erani Mahal
पाल्पामा ६ हजार ४ सय बढी परिवारलाई राहत वितरण
76

पाल्पा - पाल्पा जिल्लाका दुइ वटा नगरपालिका र आठ वटा गाउँपालिकाले लकडाउनबाट प्रभावित परिवारलाइ पहिलाे चरणको राहत वितरण गरेका छन् । राहत वितरणबाट अति विपन्न, एकल महिला, अपांग तथा दैनिक ज्यालादारी गरी दैनिकी चलाउने परिवार लाभान्वित भएकाे स्थानीय तहहरूकाे दावी छ ।

पाल्पाका सबै स्थानीय सरकारले संघीय सरकार र आफैले निर्धारण गरेकाे मापदण्ड अनुसार विपन्न घरपरिवारलाई राहत वितरण गरेकाे जनाएका छन् । यद्यपी केही स्थानीय तहले भने आफू नजिकका परिवारलाइ मात्र राहत वितरण गरेकाे र निष्पक्ष हुन नसकेकाे लकडाउनबाट प्रभावित परिवार र सराेकारवालाहरूले गुनासाे गरिरहेका छन् ।

तानसेन नगरपालिकाले १४ वटा वडामा एक हजार ६ सय ८ घरपरिवारलाइ राहत वितरण गरेकाे जनाएकाे छ । तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले राहत वितरणले ६ हजार परिवारका सदस्यकाे दैनिक जीवनयापन सहज बनेकाे बताउनुभयाे ।

रामपुर नगरपालिकाले एक हजार ६६ घरपरिवारलाई राहत सामाग्री वितरण गरेकाे नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयाे । रामपुरले वडाबाट प्राप्त सिफारिसका आधारमा राहत वितरण गरेकाे हाे ।

रैनादेवी छहरा गाउँपालिकाले एक हजार ४०० घरपरिवारलाई राहत वितरण गरेको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनुभयाे । रैनादेवी छहराले परिवार सदस्य संख्याकाे आधारमा राहत वितरण गरेकाे उहाँले जानकारी दिनुभयाे ।

रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले दुइ सय आड परिवारलाइ राहत वितरण गरेकाे जानकारी दिनुभयाे । उहाँले वडाबाट संकलित तथ्यांककाे आधारमा राहत वितरण गरेकाे उल्लेख गर्नुभयाे ।

तिनाउ गाउँपालिकाले ३ सय ८५ परिवारलाइ राहत स्वरूप खाद्यान्न वितरण गरेकाे जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले एक हजार बढी विपन्न नागरिककाे दैनिकी राहत वितरणबाट सहज भएकाे दावी गर्नुभयाे ।

बगनासकाली गाउँपालिकाले गाउँपालिकाभित्रका विपन्न तथा ज्यालामजदुरीमा काम गर्ने ३ सय ८० परिवारलाइ राहत वितरण गरेकाे छ । गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले अझैँ केही छुटफुट राहत दिन रिफारिस भइ आएकाे जानकारी दिनुभयाे ।

रम्भा गाउँपालिकाले १ सय ६० घरपरिवारलाई करिबलाई वितरण गरिएको र ४ सय ८१ नागरिक लाभान्वित भएकाे गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयाे । उहाँले राहत वितरणकाे कार्यले विपन्न परिवारकाे दैनिकी सहज भएकाे बताउनुभयाे ।

माथागढी गाउँपालिकाले ७ सय विपन्न घरपरिवारलाइ राहत वितरण गरेकाे जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष सन्ताेष थापाले वडाबाट रिफारिस भएकाे आधारमा राहत वितरणकाे काम सकिएकाे बताउनुभयाे ।

पुर्वखाेला गाउँपालिकाले २ सय ५१ घरपरिवारलाई करिब ५ लाख बराबरको राहत वितरण गरेकाे जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले वडा-वडामा पुगेर विपन्न परिवारलाइ राहत वितरण गरेकाे जानकारी दिनुभयाे ।

निस्दी गाउँपालिकाले लकडाउनबाट प्रभावित २ सय ८६ घरपरिवारलाई खाद्यान्न वितरण गरेकाे जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले ज्यालामजदुरी गरेर जीविकाे चलाउने परिवारलाइ लकडाउनमा पनि दैनिकी सहज हाेस् भनेर राहत वितरण गरेकाे बताउनुभयाे ।

नगरपालिका तथा गाउँपालिकाहरूले खाद्यान्न चामल, दाल, नुन, तेल, चिनी, कपडा तथा नुहाउने साबुन समेत वितरण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update