Erani Mahal
लकडाउनकाे पालना गर्न आग्रह गर्दै जनप्रतिनिधि टाेलटाेलमा
92824412_524829324872286_1542690482503548928_n

पाल्पा - तिनाउ गाउँपालिकाका जनप्रतिनिधि काेराेनाबाट बच्न र लकडाउनकाे पू्र्ण कार्यान्वयनका लागि गाउँगाउँमा खटेका छन् । तिनाउमा लकडाउनकाे प्रभाव, विदेशबाट फर्किएका नागरिककाे स्वास्थ्य अवस्था बुझ्न र काेराेना सम्बन्धी जनचेतना अभिबद्धि गर्न यहाँका जनप्रतिनिधि घरदैलाे अभियान थालेका हुन् ।

तिनाउ गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठ वडा नं. २ काे टाेलटाेलमा पुग्नुभएकाे छ । टाेलटाेलमा पुगेर श्रेष्ठले जनतामा लकडाउनले पारेकाे प्रभावका बारेमा बुझ्नुभएकाे छ भने काेराेना भाइरसकाे संक्रमणबाट बच्न आवश्यक सल्लाह र सुझाव दिनुभएकाे छ । यसबाट टाेलटाेलका जनता खुसी भएका छन् ।

संकटकाे बेलामा पनि जनप्रतिनिधिले जनताकाे स्वास्थ्य अवस्था र काेराेनाकाे प्रभावबारे बुझ्न आएकाेमा स्थानीय बासिन्दाले धन्यवाद समेत दिएका छन् । उहाँसँगै प्रभास प्रहरी चाैकीका प्रमुख एकबहादुर नेपाली, वडा सदस्य बलबहादुर सारू समेत गाउँमा काेराेना सम्बन्धी सचेतना लिएर टाेलटाेलमा पुग्नुभएकाे थियाे ।

प्रवक्ता मात्र हाेइन, तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर, उपाध्यक्ष दमयन्ती थापा पनि स्वास्थ्यकर्मी सहितकाे टाेली गाउँगाउँमा पुगेकाे छ ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update