Erani Mahal
रूरू गाउँपालिकामा विपन्न परिवारलाई राहत वितरण
riddd

चुरामणी तिमिल्सिना, रिडी - गुल्मीको रुरु क्षेत्र गाउँपालिका वार्ड न १ रिडी गुल्मीले राहत बितरण गरेको छ । अति पिपन्न, दैनिक मजदुरी गरेर खाने, आफ्नो रोजि रोटि गुमाएका र ज्यालादारीमा काम गर्नेहरुलाइ राहत बितरण गरिएकाे हाे ।

रूरू गापा वार्ड न १ वार्ड अध्यक्ष रामलाल बिकले लकडाउनबाट प्रभावित परिवारलाइ राहत बाँडेकाे बताउनुभयो । ९१ घर परिवारलाई २० किलो चामल, डेड लिटर सन्फ्लो तेल, २ किलो मसुरोको दाल साबुन २ थान र नुन १ किलो बितरण गरिएकाे वार्ड सचिब गोविन्दप्रसाद पौडेलले बताउनुभयाे ।

राहत वितरण कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, राजनीतिक दल उधोग वाणिज्य संघ रिडीका प्रतिनिधि, महिला समूह, वार्डका कर्मचारीहरुको सहभागितामा राहत बितरण गरिएकाे हाे ।

राहत पाउँदा आफूहरूकाे दैनिक जीवनयापन सहज भएकाे स्थानीय बासिन्दा गोपाल बहादुर बिकले बताउनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update