Erani Mahal
पाल्पामा क्वारेन्टाइनमा बसेका ४४ जनाकै काेराेना संक्रमण रिपाेर्ट 'नेगेटिभ'
1585316796corona-test-lab

पाल्पा – जिल्लाको विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका ४४ जनाको र्‍यापिड डाइगोनस्टिक टेस्टबाट गरिएकाे परीक्षणमा कोरोना संक्रमित नभएको रिपोर्ट आएको छ । पूर्वखोलाको क्वारेन्टाइनमा बसेका २१ जना, रामपुरको क्वारेन्टाइनमा बसेका ९ जनाको काेराेना परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

यस्तै रैनादेवी छहराको क्वारेन्टाइनमा बसेका ११ जना र रिब्दीकोटको क्वारेन्टाइनमा बसेका ३ जनाको द्रुत गतिमा कोरोना संक्रमण परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको महामारी फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।


परीक्षणका क्रममा सबै ४४ जनाको नै रिपोर्ट कोरोना संक्रमण नभएको (नेगेटिभ) आएको हो । द्रुत गतिको परीक्षणका क्रममा पोजेटिभ देखिए थप परीक्षण गर्न स्वाबको पनि टेष्ट गर्ने तयारी थियो ।
भारतबाट सिमा नाका, गड्डाचौकी, गौरीफन्टा र वनमासा नाकाबाट भित्रिएको भन्दै उनीहरुको र्‍यापिड  डाइगोनस्टिक टेस्ट गर्ने निर्णय गरिएको थियो । निर्णय पछि शुक्रबार बिहानैदेखि पाल्पाको पूर्व र पश्चिममा गरी दुई वटा तालिमप्राप्त टोली क्वारेन्टाइनमा खटेको थियो ।

कोरोनाको संक्रमण रिपोर्टसँगै पाल्पामा कोरोनाको शंकास्पद कोहीमा पनि संक्रमित नभएको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो ।
जिल्लास्थित कोरोना भाइरस संक्रमण नियन्त्रण कार्य टोलीले कोही बिरामीको रिपोर्ट पोजेटिभ देखिए एम्बुलेन्सको सहायताबाट तानसेनस्थित अस्पतालमा ल्याउने निर्णय गरेको टोलीका संयोजक यादव सुवेदीले जानकारी दिनुभयो ।

अब उनीहरु घरमै दश दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । गाउँपालिका÷नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनबाट भने घरमा जान पाइने टोलीले शुक्रबार बिहान मात्रै निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update