Erani Mahal
पाल्पामा पनि र्‍यापिड टेष्ट विधिबाट काेराेना परीक्षण सुरु
aa

पाल्पा – पाल्पाका विभिन्न क्वारेन्टाइनमा बसेका ४३ जनाको कोरोना भाइरस संक्रमण भए/नभएको जाँच सुरु भएको छ । पूर्वखोलाको क्वारेन्टाइनमा बसेका २१ जना, रामपुरका ९ जना, रिब्दीकोटका ३ जना र रैनादेवी छहराको १० जनाको र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको हो ।


कोभिड १९, कोरोना भाइरस नियन्त्रण कार्य टोली पाल्पाकाे बैठक बसेर शुक्रबार बिहानैदेखि कोरोना संक्रमणको जाँच सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताउनुभयो ।


५ नं. प्रदेशको भैरहवा गहुँबालीमा स्थापना गरिएको प्रदेश स्वास्थ्य प्रयोगशालाबाट उपलब्ध र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना संक्रमणको जाँच हुने उहाँले जानकारी दिनुभयो । भारतबाट गौरीफन्टा नाका, वनबासा, गड्डाचौकी हुँदै पाल्पा आएकाहरुको पहिलो पटक कोरोना संक्रमणको परीक्षण हुन लागेको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।


जाँचका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएका मानिसलाई एम्बुलेन्सको माध्यम्बाट अस्पतालमा ल्याएर आइसोलेसनमा राखिनेछ । परीक्षणमा कोरोना संक्रमण नदेखिए क्वारेन्टाइनमा नराखी घरमै १० दिन क्वारेन्टाइनमा बस्ने गरी पठाइने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । काेराेना पाेजेटिभ देखिए पुन स्वाब परीक्षणका लागि प्रदेशमा जाँचका लागि पठाइनेछ ।


र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना परीक्षणका लागि संघीय र प्रदेश सभाका माननीय, स्वास्थ्यकर्मी, विभिन्न अस्पतालका चिकित्सकको आवश्यक कीट र स्वास्थ्य सामग्रीसहित त्यसतर्फ खटेका छन् । र्‍यापिड डाइगोनसटिक कीटको माध्यमबाट कोरोना संक्रमण भएनभएको जाँचका लागि पाल्पालाई आवश्यक पर्ने कीट आइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update