Erani Mahal
रिडीकाे बद्धाश्रमममा कँडेल परिवारद्वारा खाद्यान्न सहयाेग
1-4

चुरामनी तिमिल्सिना, पाल्पा - गुल्मी, पाल्पा र स्याङ्जाकाे संगमस्थल रुरु क्षेत्र रिडीमा रहेकाे बृद्धाआश्रममा दैनिक उपभोग्य खाद्य सामाग्री वितरण गरिएको छ । मानव कल्याण आश्रम रिडी र हृसिकेस मन्दिरमा दुबैतर्फका गरी ४० जना जेष्ठ नागरिकलाइ रु ३० हजार बराबरको दैनिक खाधान्न वितरण गरिएको हो ।

गुल्मी श्रीङ्गा निवासी पोमलाल कंडेल तथा श्रीमती गीता कंडेलले आफ्नो व्यक्तिगत खर्च कटाइ बृदबृदाहरुलाइ खाद्यान्न वितरण गर्नुभएकाे हाे । उहाँहरूले दैनिक खाने चामल, दाल, चिनी, तेल, नुन तथा साबुन उपलब्ध गराउनु भएको हो ।

उक्त सामाग्री वितरण कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीकी उपप्रमुख तुल्सी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । मानव कल्याण आश्रमका अध्यक्ष जीवन कुमार कसजुको अध्यक्षता खाद्यान्न वितरण कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा प्रहरी पत्रकार महिला समूह लगायको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले यस्ता सह्रानीय र मानव सेवाकाे काम गरेकाे बताउनुभयाे । दुख र कष्ठमा रहनुभएका जेष्ठ नागरिकलाइ संकटकाे बेलामा सहयाेग गरेर मानव धर्मकाे कार्य गरेकाेमा उहाँले धन्यवाद दिनुभयाे ।

उहाँले रुरु धार्मिक सेवा सन्चार प्रालीले ठूलो योग्दान गरेकोमा धन्यवाद समेत दिनुभयाे । दाता गीता कंडेलले आफूहरुलाई सबै धार्मिक कार्यहरुमा सम्झन र समाबेस हुन आगमी दिनमा समेत मौका दिनुहुन आग्रह गर्नुभयाे । कार्यक्रमको सन्चालन पत्रकार चुरामनी तिमिल्सिनाले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update