Erani Mahal
रातिमा गाउँ पस्ने ६ जनाकाे समूहलाई रामपुरकाे क्वारेन्टाइनमा ल्याइयाे
92357125_1290812121308239_1590695967626100736_n-1

पाल्पा - लकडाउनको समयमा नवलपुरको बाटो हुँदै रामपुर आएका ६ जनालाई क्वारेन्टाइनमा राखी अनुसन्धान शुरु गरिएको छ । बुधबार राती आएको ६ जनाको एउटा समूहलाई रामपुर नगरपालिका ६ को क्रीस्चियन मण्डली घरबाट ल्याएर क्वारेन्टाइनमा राखिएको हो ।

नवलपुरको दुम्किबास- मित्याल हुँदै रामपुर आएको जानकारी पछि रामपुर नगरपालिकाले प्रहरीको समन्वयमा उनीहरुलाई बिहीबार बिहान क्वारेन्टाइनमा राखेर उनीहरु को हुन् र किन, कसरी आए भनेर अनुसन्धान सुरु गरेको नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

आफन्ती रामपुरमा भइ त्रिवेणी गापा नवलपुर घर बताएका होङ्सी सिमेन्ट कारखानाको बाटो हुँदै पैदल रामपुर चर्चमा आएका १ जना महिला ३ जना बालक र २जना पुरुष सहित ६ जनाको समुहलाई रामपुर न पा ४ देविस्थानको कालिका आधारभूत विद्यालयमा राखिएको छ ।

वडा नम्बर ४ को समन्वयमा स्कुलको २ वटा कोठामा क्वारेन्टाइन कक्ष निर्माण गरेर राखिएको वडा अध्यक्ष एक बहादुर नेपालीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update