Erani Mahal
लुम्विनी प्रादेशिक अस्पतालकाे ड्युटीमा नआउने डाक्टरकाे जागिर खाेसियाे
yy

बुटवल - कोरोना संक्रमण रोकथाम र उपचारमा खट्नुपर्ने अवस्थामा पनि ड्युटीमा नआएका ५ जना डाक्टरलाइ बर्खास्त गरिएकाे छ । रूपन्देही बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई काेराेना संक्रमणकाे अप्ठेराे अवस्थामा पनि ड्युटीमा नआएकाे भन्दै बर्खास्त गरिएको हाे ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट हटाइएको हो अस्पतालले जनाएकाे छ ।

‘अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर हुनुभएको थिएन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले भन्नुभयाे, ‘सामाजिक विकास मन्त्री सुदर्शन बराल ज्यूले तत्काल बर्खास्त गर्न निर्देशन दिनुभयो ।

हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । सामाजिक विकास मन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती हुने भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको स्वीकार गर्नुभयाे ।

‘सुत्केरी, काजकिरिया, विरामी बाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरुलाई हटाउन निर्देशन दिएको उहाँले बताउनुभयाे । अस्पतालमा आउने नआउने चिकित्सककाे हाजिरी हेरेर स्पष्टीकरण लिने र चित्तबुझ्दाे जलाफ नआए हटाउने नीतिमा प्रदेश सरकार रहेकाे छ ।

सरकारले काेराेना संक्रमणकाे जटिल अवस्थामा अनिवार्य खट्न स्वास्थ्यकर्मीहरूलाइ निर्देशन दिएकाे छ । यद्यपी चिकित्सक तथा स्वास्थ्यकर्मीले अटेर गरेर ड्युटीमा नखटेकाे गुनासाे बढ्दाे छ ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update