Erani Mahal
निस्दीमा लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न वितरण
NISDI

पाल्पा - निस्दी गाउँपालिकाले २ सय ८६ गरिब तथा विपन्न परिवार राहत वितरण गरेको छ। घरमा आम्दानीको स्रोत कम रहेको र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउदै आएका परिवारलाई सम्बन्धित वडा कार्यलयको सिफारिसमा राहत वितरण गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

निस्दीको वडा नम्बर १ बाकामलाङमा ६७ घर , सहलकोटमा ३३ घर , झिरुबासमा ३८ घर , वडा नम्बर ४ मित्यालमा ३३ घर , गल्धामा ४० घर , अर्चलेमा ३५ घर र वडा नम्बर ७ ज्यामिरेमा ३९ घर गरि कुल २ सय ८६ घर परिवारलाई राहत वितरण गरेको हो।

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालका अनुसार चैत २५ देखि २७ गतेसम्ममा सबै वडामा राहत वितरण गरेर सकिने छ। ३ जनासम्मको परिवारलाई चामल १५ केजी, दाल २ केजी, नुन १ केजी, तेल १ केजी, साबुन, मरमसला त्यसैगरी ४ जना देखि माथिको परिवारलाई चामल २५ केजी, दाल ३ केजी, तेल २ केजी, नुन १ केजी, साबुन, मरमसला राहत वितरण गरेको छ।

हाल पालिका भित्र सडक तथा अन्य भौतिक पूर्वधार निर्माणका कार्य गरिरहेका ४८ जना मजदुरहरुलाई प्रतिव्यक्ति ४ केजीका दरले चामल, १६ केजी दाल, ४ केजी नुन, १६ लिटर तेल, ३२ वटा साबुन पनि राहत प्रदान गरिने अधिकृत अर्यालले बताउनुभयो।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update