Erani Mahal
रामपुरमा एक हजार छैसठ्ठी परिवारलाई राहत वितरण
ram1

पाल्पा - रामपुर नगरपालिकाले पहिलो चरणमा नगरका १ हजार ६६ बिपन्न परिवारलाई राहत वितरण गरेको छ । ४ दिनको दिन राहत वितरण अन्तर्गत वडा नं. १० मा राहत वितरण गरेसंगै वडाबाट बिपद् व्यवस्थापन समितिले छनौट गरेको बिपन्न परिवारको लागि पहिलो चरणको राहत वितरण सकेको हो ।

कोरोना संक्रमणबाट बचाउन जारी लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त १ हजार ६६ परिवारका ४ हजार १ सय ३८ जनालाई पहिलो चरणमा राहत पूरा गरेको हो ।

नगरपालिकाले वडा १ मा ८५ परिवार, वडा २ मा ६५ परिवार, वडा ३ मा १ सय ५ परिवार, वडा ४ मा १ सय २७ परिवार, वडा ५ मा १ सय ९३ परिवार, वडा ६ मा ६३ परिवार, वडा ७ मा १ सय ३० परिवार, वडा न. ८ मा १ सय ५१ परिवार, वडा ९ मा ७३ परिवार र वडा १० मा ७५ परिवारलाई राहत वितरण गरेको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो।

राहत बितरण स्थलमा पुगेर बितरण खाद्यान्न बस्तुको अबलोकन गरेको साथै अनुगमन टोलीले तौलको अवस्था, खाद्यान्नको गुण्स्तरबारे चासोका साथ निगरानी गरेको अनुगमन समितिका संयोजक तथा नगरउपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले परिवार संख्याको आधारमा राहत वितरण गरेको बताउनुभयो ।

वडा १ को पन्थे, बर्दाकोट, फुर्केचौर, कासीबन प्रतिक्षालयबाट, वडा २ को वडा भवन खयरबोट र भलायटारबाट, वडा ३ को रजघरा र गैलुक भञ्ज्याङ्गबाट, वडा ४ को देविस्थानबाट, वडा ५ को रानाटोलबाट, वडा ६ को नवदुर्गामावि तिलकपुर र विजयपुरबाट, वडा ७ को वडा कार्यालय किसानबारीबाट, वडा ८ को आँपचौर र झिरुछापबाट, वडा ९ को जब्गादीबाट र वडा १० को बर्दले र रामटार बगैचाबाट राहत वितरण भएको रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणले जानकारी दिनुभयो ।

नगरपालिकाले कार्यविधि तयार गरी १ जना मात्रको परिवारलाई ५ केजी चामल, १/१ केजी दाल, चना र नुन, आधा लिटर तेल, १ वटा साबुन, २ देखि ४ जनाको परिवारलाई २० केजी चामल, २/२ केजी दाल, चना, १ लिटर तेल, १ केजी नुन र २ वटा साबुन र ५ जना भन्दा माथिको परिवारलाई २५ केजी चामल, ३/३ केजी दाल, चना, साढे १ लिटर तेल, २ केजी नुन र ३ वटा साबुनसंगै सिटामोल र जीवनजल वितरण गरेको थियो।

वडा कार्यालयबाट तथ्याङ्क संकलन गरी अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, पत्रकार, प्रशासन र सुरक्षा कर्मीहरुको रोहबरमा राहात वितरण गरेको हो। रामपुर नगरपालिकाले विपन्न परिवारको अवस्थालाई मध्यनजर गर्दै प्रक्रियागत ढङ्गले तिव्रगतिमा राहत वितरण गरेको जनाएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लकडाउन अझै निश्चित नभएकाले पहिलो चरणको राहत वितरण गरेको र आवश्यकता अनुसार थप राहतलाई अघि बढाउने बताउनुभयो । अहिके छुटेकालाई दोस्रो चरणमा राहत वितरण गरिने पनि उहाले बताउनुभयो ।

शुरुका दिनमा विभिन्न संघ सस्थाले राहत बितरण गरेको रामपुरमा रामपुर नगरपालिकाले एकद्धार प्रणाली अनुसार राहत बितरणको निर्णय लिएसंगै विभिन्न संघ संस्थाले राहतका लागि नगरपालिकाले स्थापना गरेको प्रकोप जोखिम व्यवस्थापन कोषको खातामा रकम सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update