Erani Mahal
तानसेन नगरपालिकाद्वारा विदेशबाट फर्केका नागरिककाे स्वास्थ्य जाँच
4

पाल्पा – तानसेन नगरपालिकाले विदेशबाट फर्किएका नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच गरिरहेको छ । पछिल्लो समयमा कोरोनाको त्रासले छिमेकी मुलुक भारत लगायत तेस्रो मुलुकबाट घरमा फर्किएका नागरिकको घरमै पुगेर ज्वरो, रुघाखोकी, स्वासप्रश्वास समस्या लगायत चेकजाँच गरेको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिनुभयो ।


विदेशबाट फर्किएका मानिसमा कोरोनाको संक्रमण देखिएपछि नगरपालिकाले कोरोना भाइरस संक्रमितसँग मिल्दोजुल्दो लक्षण देखिएको छ की छैन भनेर जाँच गरेको हो । नगरपालिकाले उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरेको छ ।


तानसेनका १४ वटै वडामा चैत महिनामा मात्र १२३ जना भारत लगायत तेस्रो मुलुकबाट फर्किएका नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । उनीहरुमध्ये १०३ जनाको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुलाई कसैलाई पनि कोरोना भाइरससँग मिल्दो लक्षण नदेखिएको थापाले बताउनुभयो ।


बाँकी विदेशबाट फर्केकाहरुको पनि स्वास्थ्य जाँच गर्ने नगरपालिकाले जनाएको छ । विदेशबाट फर्किएका नागरिक कोरोना संक्रमित हुन सक्ने भन्दै नगरबासीमा त्रास फैलिएपछि स्वास्थ्यकर्मीहरुले घरमै पुगेर विदेशबाट फर्किएका नागरिकको स्वास्थ्य चेकजाँच गरेको नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update