Erani Mahal
लकडाउनबाट प्रभावित तानसेनका  ८१२ परिवारले राहत पाए
ttt

पाल्पा - तानसेन नगरपालिकाले १४ वटै वडामा लकडाउनबाट प्रभावित विपन्न, मजदुर तथा असाह्य परिवारलाइ राहत वितरण गरिरहेकाे छ । तानसेनका विभिन्न वडाका मजदुर, विपन्न नागरिकलाइ लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या नहाेस् भनेर नगरपालिकाले राहतस्वरूप खाद्यान्न तथा घरायासी सामग्री वितरण गरेकाे नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले बताउनुभयाे । लकडाउनबाट प्रभावित नागरिककाे दैनिकी सहज बनाउन नगरपालिकाले तथ्यांक संकलन गरेर राहत वितरण गरेकाे उहाँले बताउनुभयाे ।

हालसम्म तानसेन नगरपालिकाका ८१२ परिवारलाइ राहत वितरण गरिसकेकाे छ । ८१२ परिवारका २१७९ जना सदस्य लाभान्वित भएकाे नगरपालिकाले जनाएकाे छ । नगरपालिकाकाे विभिन्न वडाबाट १३ सय ७५ परिवार लकडाउनबाट प्रभावित भएकाे तथ्यांक संकलन भएकाे नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयाे ।

अझैँ बाँकी ५ सय बढी परिवारलाइ राहत दिन बाँकी रहेकाे उहाँले बताउनुभयाे । उनीहरूलाइ पनि क्रमश राहत स्वरूप खाद्यान्न वितरण गर्ने नगरपालिकाले जनाएकाे छ ।

तानसेनकाे वडा नं. १ देखि १४ वडामा राहत वितरणकाे कार्यक्रम भइरहेकाे छ । तानसेन नगरपालिका ५ ले वडा भित्रका अति विपन्न,अपांग तथा दैनिक ज्यालादारी गरि जीवन चलाउने घरपरिवारलाई राहत वितरण गरेकाे छ ।

काेराना संक्रमणले गर्दा दैनिक जीवन यापन गर्ने घरपरिवारकाे छनाेट गरी ती घरपरिवारकाे चुलाे ननिभाेस भनी उक्त राहत स्वरूप चामल,दाल,तेल,साबुन लगायतका अत्यावश्यक सामानहरू वितरण गरेकाे वडा न ५ का अध्यक्ष राम बहादुर रावलले बताउनुभयाे ।

वडा नं. ७ ले राहत वितरण गर्नका लागि कुपन वितरण गरिसकेकाे छ । वडा नं. १० तेल्घाले राहत वितरण गरिसकेकाे छ । यस्तै वडा नं. ६, मा समेत राहत वितरण भइरहेकाे छ ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update