Erani Mahal
ज्वराेका बिरामीकाे उपचार फिभर क्लिनिकमा
ss

पाल्पा – जिल्लाका चार अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा ज्वरो तथा रुघाखोकीका बिरामीको संख्या अझैँ घटेको छैन । फिभर क्लिनिकमा अहिले पनि दिनहुँजसो बिरामीको संख्या बढेको ती अस्पतालहरुले जनाएका छन् ।

पाल्पास्थित लुम्विनी मेडिकल कलेजमा हरेक दिनजसो १५ भन्दा बढी ज्वरो र रुघाखोकीका बिरामी चेकजाँचका लागि आउने गरेका छन् । सोमबार मात्रै लुम्विनी मेडिकल कलेजमा रहेको फिभर क्लिनिकमा २५ जना बिरामीकाे ज्वरोको जाँच तथा परीक्षण गरेको अस्पतालका निर्देशक डा. राजु शाक्यले बताउनुभयो । मौसम परिवर्तनका कारण ज्वरो र रुघाखोकीका बिरामी बढ्नु स्वभाविक भएकाे उहाँले बताउनुभयो ।


यस्तै पाल्पा अस्पतालको फिभर क्लिनिकमा ११ जना, रामपुर अस्पतालमा ११ जना र युनाइटेड मिसन अस्पतालमा ८ जना बिरामीको जाँच भएको ती अस्पतालले जनाएका छन् । अहिले कोरोना भाइरसको त्रास भएकाले पनि ज्वरो तथा रुघाखोकी देखिने वित्तिकै मानिसहरु आत्तिएर जाँच गर्न आउन थालेका छन् । तर सबै खालका ज्वरो र रुघाखोकी कोरोना नभई भाइरल ज्वरो पा फ्लू हुनसक्ने अस्पतालका चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update