Erani Mahal
पाल्पाबाट कोरोना परीक्षणका लागि पठाएका चारै जनाको रिपोर्ट 'नेगेटिभ'
aa

पाल्पा – कोरोना भाइरसको संक्रमण भएको आशंकामा स्वाब परीक्षणका लागि पाल्पाबाट पठाएको चारै जनाको मेडिकल रिपोर्ट नेगेटिभ आएको छ । शनिबार लुम्विनी मेडिकल कलेजबाट पठाएका २ जना र पाल्पा अस्पतालबाट पठाएका १ जनाको स्वाबको परीक्षण नेगेटिभ (कोरोना संक्रमण नभएको) आएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।


ज्वरो, रुघाखोकी र सास फेर्न गाह्रो भएपछि कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न काठमाडौँस्थित राष्ट्रिय प्रयोगशालामा तीनै जनाको स्वाब परीक्षणका पठाइएको थियो । तीन जनाको काठमाडौँमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण नभएको मेडिकल रिपोर्ट आएको छ, प्रशासनका सूचना अधिकारी पन्थीले भन्नुभयो आइतबार लुम्विनी मेडिकल कलेजबाट स्वाब परीक्षण गर्न पठाएको बिरामीको समेत रिपोर्ट नेगेटिभ आएको छ उहाँले भन्नुभयो ।


आइतबार पठाइएको स्वाबको परीक्षण भने भैरहवा गहुँबाली अनुसन्धान केन्द्रमा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा गरिएको उहाँले जानकारी दिनुभयो । रुघाखोकी र ज्वरो आएर शनिबार लुम्विनी मेडिकल कलेजमा भर्ना भएका २ जना बिरामी माथागढी झडेवाका थिए भने पाल्पा अस्पतालमा भर्ना भएका बगनासकाली पोखराथोकका थिए ।

यस्तै आइतबार स्वाब परीक्षणका लागि भैरहवा पठाइएको बिरामी भने तिनाउ केराबारीका हुन् । ती बृद्ध महिलाको लुमिवनी मेडिकल कलेजमा उपचार भईरहेको छ । चारै ननाको मेडिकल रिपोर्ट नेगेटिभ आएपछि भने जिल्लामा त्रासको वातावरण कम भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update