Erani Mahal
नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा मगर समाजको सहयोग
trrrr

पाल्पा - एकद्वार प्रणालीलाई अपनाएर कोरोना संक्रमणको जोखिमको लकडाउनमा दैनिक गुजारा चलाउन समस्या परेकालाई दिइने राहत कोषमा रामपुरमा रहेका संगठित मगर समुदायले कोषमा नगद सहयोग प्रदान गरेका छन् ।

रामपुरमा रहेको मगर समुदायको सस्थाको सक्रियतामा नगरपालिकाले बाणिज्य बैंकमा खोलेको राहत व्यवस्थापन कोषमा राहत जम्मा गरेका हुन् । नगरपालिका कार्यालयमा पुगेका मगर समाजका अगुवाहरुले नगरको महान् अभियानमा आफुहरुले साथ दिन खोजेको बताउदै दिन दुखी र बिपन्नका लागि नगर सरकारलाई परेको सहयोग गर्न तत्पर रहेको बताएका थिए । कोरोना भाईसरको संक्रमणबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउन संगै प्रभावित भएका ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि रामपुर नगरपालिकाले राहत कोष खडा गरेर नगरका बिपन्न परिवारलाई राहत बितरण शुरु गरेको थियो ।

सो राहत कोषमा एकीकृत मगर उत्थान समाजले राहत स्वरुप ८२ हजार ३ सय ९० रुपैया रकम एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर थापा हिस्की, नेपाल मगर संघ प्रदेश नं. ५ का सदस्य क्याप्टेन धन बहादुर राना, नेपाल मगर संघ रामपुरका कार्यवाहक अध्यक्ष दुर्गादेवी राना, मगर रेन्झा समुहका अध्यक्ष रामप्रसाद थापा र एकिकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले नगर प्रमुख रमण बहादुर थापालाई नगद हस्तान्तरण गर्नुभएको हो ।

एकिकृत मगर उत्थान समाजको अक्षयकोष, १७ वटा समुहबाट प्राप्त सहयोग, मगर रेन्झा समुह र सामाजिक व्यक्तित्वहरुबाट संकलन भएको रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ। नेपाल मगर संघ रामपुर नगरका कार्यवहाक अध्यक्ष दुर्गादेवी राना, एकिकृत मगर उत्थान अक्षयकोषका संयोजक क्याप्टेन देवबहादुर थापा मश्राङ्गी, मगर रेन्जा समुहका अध्यक्ष रामप्रसाद थापा लगायत उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य तथा पत्रकारको रोहबरमा नगर प्रमुख थापालाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दै एकिकृत मगर उत्थान समाजका अध्यक्ष राम बहादुर हिस्की थापाले कोरोनाको महामारीले आतंकित भएको विपदको घडीमा सबैले सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । नेपाल मगर संघ रामपुरका कार्यवाहक अध्यक्ष दुर्गादेवी रानाले नगरपालिकाले आफ्नो तर्फबाट गरेको राहत अभियानमा केही राहत मिलोस् भन्ने उद्देश्यले समाजले रकम प्रदान गरिएको बताउनुभयो।

सहयोग रकम बुझ्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगरका बिपन्न र अफ्ठ्यारोमा परेका नागरिकसम्म पुगेर राहत दिने बताउनुभयो । उहाँले पहिलो चरणमा १ हजार ६६ परिवारलाई राहत वितरण गर्न लागेको बताउदै ४ सय परिवारलाई बितरण गरिसकिएको जानकारी दिनुभयो। संघ- संस्था बाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा धेरै राहत मिल्ने बताउदै विकासोन्मुख मुलुक नेपालमा लकडाउन पालना गर्नुको अर्को विकल्प नभएको उल्लेख गर्नुभयो ।

समाजमा आबद्ध रहेका रामपुर नगरपालिका भित्रका विभिन्न गाउँ टोलमा गठित समुहबाट रकम सङ्कलन गरेर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरिएको समाजका सदस्य कमल रानाले जानकारी दिनुभयो।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update