Erani Mahal
पाल्पामा लकडाउन उल्लङ्घन गरेर पिकनिक खानेमाथि प्रहरीकाे कारबाही
43

पाल्पा – सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरी पाल्पामा आइतबार बेलुकी फिकनिक खान गएकाे समूहमाथि प्रहरीले कारबाही अगाडि बढाएको छ । पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ८, बराङ्दी शिद्धबावा मन्दिर नजिकै पिकनिक खाने समूहमाथि प्रहरीले छापा मारेको छ ।


कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको उल्लङ्घन गरेर पिकनिक खान गएका केही समूहले पिकनिक खानका लागि सामाग्री छाडेर भागेपछि प्रहरीले ती सामान बरामद गरेको छ । लकडाउनको समयमा अटेर गरी पिकनिक खान गएको सूचनापछि तानसेन भुसलडाँडास्थित अस्थायी प्रहरी पोष्टको टोली त्यस स्थानमा नपुग्दैँ पिकनिक खाने टोली फरार भएको थियो ।


प्रहरी नायब निरीक्षक घनश्याम पाण्डेको नेतृत्वमा गएको टोलीले पिकनिक खाने समूहले छाडेर गएको बोइलर कुखुरा, वियर, मसला, चिउरा, खेल सामग्री, पकाउने भाडो समेत बरामद गरेकाे छ । प्रहरीले लु ४१ प ५६९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीले लकडाउनमा अटेर गरेर पिकनिक खाने समूहको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update