Erani Mahal
रूपन्देहीमा काेराेना परीक्षण सुरू, पाल्पाका शंकास्पद बिरामीकाे स्वाब परीक्षण
66

बुटवल - प्रदेश ५ मा कोरोना भाइरस परीक्षणको लागि स्थापना गरिएको प्रयोगशाला आइतबार बेलुकीदेखि सञ्चालनमा आएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुँबाली केन्द्रको पछाडि प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनमा आएकाे हाे । आइतबार पाल्पाका शंकास्पद एक बिरामी नुमना परीक्षण गरेर सुभारम्भ गरिएको हो । सो नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

विज्ञ सहितको अन्य प्राविधिक टोलीले प्रयोगशालामा उपकरण जडानगरी सकेपछि सञ्चालनमा आएको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिनुभएकाे छ । 
प्रयोगशालामा विष्णु रायमाझीको नेतृत्वमा तीन जनाको प्राविधिक टोली खटेकाे बताइएकाे छ । 

यहाँ एक पटकमा १६ बटासम्म नमुना परीक्षण गर्न सकिने जनाइएको छ । आवश्यक परेको खण्डमा यसको क्षमता बढाउँदै लैजाने प्रदेश ५ सरकारले जनाएको छ । यसअघि बुटबलबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइने गरिएको थियो । 

जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाइ हुने गरेको थियो। आइतबार नै मुख्यमन्त्री शंकर पोखरेलले सो प्रयोगशालाको निरीक्षण गर्नुभएकाे थियाे । प्रयोगशालाबाट सामान्यतयाः १ घण्टामा कोरोनाको एउटा रिपोर्ट प्राप्त सकिनेछ ।  अब भने ५ प्रदेशमा समेत काेराेना संक्रमण परीक्षण प्रभावकारी रूपमा अघि बढ्ने विस्वास गरिएकाे छ ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update