Erani Mahal
काेराेनाकाे जाेखिमबाट बच्न स्वास्थ्य सामग्री वितरण
12

पाल्पा - एकीकृत सामुदायिक संस्था तिनाउ-१, आरुखुदीका अध्यक्ष अमर सुनारीकाे नेतृत्वमा कोरोना (covid-19)को संभावित संक्रमणबाट बच्नका लागि माक्स, डिटल साबुन लगायतका सामग्री वितरण गरेको छ ।

साथै साेही अवसरमा घरघरमा पुगेर जनचेतना समेत दिइएकाे छ । ४३ घर परिवारका २१५ जना सदस्यहरू मास्क, साबुन लगायतका सामग्री वितरण गरिएकाे हाे । सहयाेगी सुनारीले संस्थाको सक्रियतामा देशका विभिन्न स्थनाबाट आएका आफन्त र पाहुनाहरुलाई छुट्टै स्थानमा राख्न अनुराेध गर्नुभयाे ।

उहाँले सरकारले घाेषणा गरेकाे लक डाउनलाइ पूर्ण रुपमा पालना गर्न सबैलाई अपिल गर्नुभयाे । याे क्लवले तिनाउका विभिन्न स्थानका युवालाइ सक्रिय भूमिका खेल्न जागरूक गराउनुपर्ने तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयाे ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update