Erani Mahal
निस्दीमा एक सय ५० राेपनी क्षेत्रफलमा सूर्यमुखी खेती
jjkl

पाल्पा - निस्दी गाउँपालिका मित्यालको एक गाउँलाई सूर्यमुखी खेतीले सौन्दर्य बढाएको छ। निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालको लामेदमार गाउँमा फुलेको सूर्यमुखीले गाउँमा सुन्दरता थापेको छ।

गाउँपालिका कृषि शाखाको १ लाख ५० हजार अनुदान र उपभोक्त समितिको ५० हजार गरी कुल २ लाखको लागतमा सूर्यमुखी पकेट कार्यक्रम अन्तर्गत यहाँका कृषकहरुले सूर्यमुखी खेती लगाएका हुन। लामेदमार गाउँका ६० घरधुरी कृषकहरुले १ सय ५२ रोपनी क्षेत्रफलमा उपभोक्त समिति गठन गरेर सूर्यमूखी लगाएको उपभोक्त समितिका अध्यक्ष केश बहादुर आलेले बताउनुभयो।

हिउँदको समयमा सधै गाहँ र तोरी बाली लगाउँदै आएको यहाँका कृषकहरुले यस वर्ष सूर्यमुखी खेती लगाएका छन। हाईब्रिड जातको सूर्यमुखी लगाएर यहाँका कृषकहरुले अन्य खेतीबाट भन्दा राम्रो आम्दानी लिन सकिने निस्दी गाउँपालिका कृषि शाखा संयोजक खिमराज कोइरालाले बताउनुभयो ।

गत वर्ष मित्यालकै मुढाबासमा राम्रो सफलता पाएको सूर्यमुखी खेतीले यसवर्ष पनि सफलता प्राप्त गर्ने र आगामी वर्ष गाउँपालिकासंग समन्वय गरेर दुबै क्षेत्रमा लगाउन सकिने पनि कृषि शाखा संयोजक कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update