Erani Mahal
गाैरीफन्टा नाका हुँदै पाल्पा फर्किएका ३८ जनाकाे स्वास्थ्य अवस्था सामान्य
coronavirus_1580713677_otmjfGzE7X

पाल्पा – गौरीफन्टा नाका हुँदै पाल्पा आउने ३८ जना कहाँ–कहाँका हुन् खुलेको छ । उनीहरू पूर्वखोला सिलुवाका २१ जना, रामपुरका ९ जना, रिब्दीकोट ख्याहाका २ र रैनादेवी छहराका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनीहरू सबै क्वारेन्टाइन्मा बसेकाे एक साता बितिसकेकाे छ ।

भारत हुँदै गाैरीफन्टा नाकाबाट नेपाल फर्केका शनिबारमात्रै काेराेना भाइरसकाे संक्रमण फुष्टि भएपछि जिल्लामा त्रास फैलिएकाे छ । उक्त नाका हुँदै पाल्पा फर्कने पनि ३८ जना भएका कारण पाल्पाका नागरिकमा त्रास फैलिएकाे हाे ।

उनीहरू सबै क्वारेन्टाइनमा बसेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । गौरीफन्टा नाका हुँदै पाल्पा आएका २१ जना नै गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा छन् पूर्वखोला गाउँपालिकाका सूचना अधिकारी एवं स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भन्नुभयो उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य छ । क्वारेन्टाइनमा बसेका २१ जनाको स्वास्थ्य अवस्था सामान्य भएपनि उनीहरू सबैको स्वाब परीक्षण गर्न सके ढुक्क भइने ढकालले बताउनुभयो ।


भारतबाट गौरीफन्टा नाका हुँदै रामपुर फर्केकाहरूको अवस्था पनि सामान्य रहेको रामपुर नगरपालिकाले जनाएको छ । उनीहरू सबै नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमै रहेका छन् ।


पछिल्लो समय भारतबाट मात्र भुवनपोखराीमा १६० फर्किएको रैनादेवीछहरा वडा नं. ३ भुवनपाेखरीका वडा अध्यक्ष लालबहादुर दर्लामीले जानकारी दिनुभयाे । उहाँले गाैरीफन्टा नाका नभइ तीन जना बनबासा नाका हुँदै फर्किएको जानकारी दिनुभयो । धनगढीको बनमासा नाकाबाट फर्कनेहरू होम क्वारेन्टाइनमै रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी वडा अध्यक्ष दर्लामीले दिनुभयो ।


उता रिब्दीकोटका दुई जना भने १४ दिनपछि घरमै फर्किएका छन् । क्वारेन्टाइनमा बसेर घरमा फर्केका उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update