Erani Mahal
सामुदायिक रेडियाे मदनपाेखरा बाइस वर्षमा प्रवेश
CRM-1-1

पाल्पा - सामुदायिक रेडियो मदनपोखरा आइतबार (आज) २१ वर्ष पूरा गरेर २२ औँ वर्षमाप्रवेश गरेको छ । समुदायलाई सूचनाको मालिकबनाऔँ भन्ने अभियानका २०५६ साल चैत्र २३ गते सामुदायिक रेडियो मदनपोखराले प्रसारण आरम्भ गरेको हो ।

काठमाडौँ उपत्यका बाहिर पहिलो पटक २०५५ सालपौष १८ गते रेडियो सञ्चालनको इजाजत पाएको यस रेडियोले ज्ञान, सूचना, शिक्षा र मनोरञ्जनमार्फत स्थानीय समुदायको सशक्तीकरणमा जोड दिदैँ आएको छ । सामुदायिक रेडियोको विशेषता भनेकै समुदायको सहभागिता, सञ्चालन र व्यवस्थापनमा चल्ने रेडियो हो भन्ने दृष्टान्त दिन मदनपोखरा सफल भएको छ ।


रेडियो स्थापना दिवसका अवसरमा सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराका अध्यक्ष झपेन्द्र जीसीले नियमितश्रोता, सन्देशदाता, साझेदार संस्था लगायत सम्पूर्ण शुभेच्छुकहरुलाई शुभकामना दिनुभएको छ । समाजलाई समुदायवाद हुँदै समाजवादमा अग्रसर गराउन यो रेडियोले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि निर्भय र निर्भिकताका साथ प्रसारणलाई निरन्तरता दिने बताउनुभयो ।

कोरोना भाइरसका कारण विश्वभर एकान्तबास चलिरहेको र नेपाल सरकारले आवागमन निषेध गरेकाले यो वर्ष औपचारिक कार्यक्रमन भएतापनि रेडियो कार्यक्रमका माध्यमबाट समुदायसँग संवाद भइरहने अध्यक्ष जीसीले बताउनुभयो ।


बितेका दुई दशकमा देशमा भएका राजनीतिक परिर्वतन, सामाजिक सुधार, आर्थिक उपलब्धीका हरेक क्षणमा सामुदायिक रेडियो मदनपोखराले महत्वपूर्ण भूमिका खेलको छ । मूलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि शासकीय संरचनामा आएको परिवर्तन, बजार र मिडिया प्रविधिको अकल्पनीय विकासले सामुदायिक सञ्चार माध्यममा अनेक खालका चुनौतीहरु पनि थपिएका छन् ।


रेडियो स्थापना कालमा भौगोलिक विकटता, यातायातको असुविधा र आधुनिक सञ्चार सुविधाको अभावले ग्रामीण भेगमा ताजा समाचार पु¥याउने कामआज जस्तो सजिलो थिएन । पैदल हिंडेर नागरिकको घर पुग्ने, आवाज संकलनगर्ने, रेडियोमा फर्केर लेखन, सम्पादन गरी प्रसारणयोग्य सामग्री निर्माण गर्न धेरै चरणहरु पार गर्नुपर्दथ्यो ।


लकडाउनका कारण स्थापना दिवसको अवसरमा सारेमले स्टुडियोभित्रकाकार्यक्रम तय गरेको छ । अध्यक्षको शुभकामना मन्तव्य, कोरोना संक्रमण र नागरिकको स्वास्थ्य सुरक्षा परिसंवाद, बाइस वर्षे यात्रा रेडियो डकुमेन्ट्री र टेलिफोन शुभकामनाको कार्यक्रम आयोजना गरेको छ । प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही र युनाइटेड मिशन अस्पतालका चिकित्सक डा. लेस डोरनन बीच अहिले सवा ८ बजे परिसंवादको लाइभ प्रसारण हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update