Erani Mahal
रैनादेवी छहरामा तीन सय परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण
91871138_239680587153004_7305283747480338432_n-1

पाल्पा - रैनादेवी छहरा गाउँपालिकाभित्रका अति विपन्न तीन सय परिवारलाई राहत वितरण गरिएकाे छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर जीविकाेपार्जन गरेका परिवारलाई राहत स्वरुप दैनिक आवश्यक पर्ने उपभोग्य वस्तु वितरण गरेकाे हाे ।

गाउँपालिकाले प्रतिपरिवार ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल, १ केजी नुन लगायतका खाद्यान्न वितरण गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयाे ।

कोरोना भाइरसको संक्रमण फैलन नदिने सरकारले लकडाउन गरेपछि ज्यालामजदुरीमा काम गर्दै आएका परिवार समस्यामा पर्दै आएका थिए । दैनिकी चलाउन मुस्किल परेका अपाङ्ग, एकल महिला तथा आयस्रोत केही नभएका दैनिकी ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिनुभयाे ।

गाउँपालिकाले पहिलो चरणमा वडा न- १ मा ३५ घर , वडा न- २ मा३५, वडा न- ३ मा ५०, वडा न- ४ मा ५०, वडा न- ५ मा ३०, वडा न- ६ मा ३५, वडा न- ७ मा ३० र वडा न- ८ मा ३५ गरी जम्मा तीन सय घरपरिवारलाई राहत वितरण गरेकाे उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update