Erani Mahal
पाल्पाबाट तीन जना बिरामीकाे स्वाब परीक्षण गर्न काठमाडाैँ पठाइयाे
1585316796corona-test-lab

पाल्पा – पाल्पा अस्पताल र लुम्विनी मेडिकल कलेज प्रभासमा शुक्रबार भर्ना भएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको छ । पाल्पा अस्पतालमा शुक्रबार आइसोलेसनमा राखिएका १ जना र लुम्विनी मेडिकल कलेजमा भर्ना गरेर राखिएका २ जना बिरामीको स्वास्ब परीक्षणका लागि काठमाडौँमा पठाइ्रएको हो । स्वाब परीक्षणबाट काेराेना संक्रमित हाे वा हाेइन पत्ता लाग्नेछ ।


पाल्पा अस्पतालमा आइसोलेनमा राखिएका १ जना युवाको स्वाब परीक्षणका लागि शनिबार काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको अस्पतालमा मेडिकल अफिसर डा. पुष्प ज्ञवालीले जानकारी दिनुभयो । पाल्पा अस्पतालमा आइसोलेसनमा राखिएका युवा केही दिनअघि भारतबाट नेपाल फर्केका थिए । नेपाल आएपछि ज्वरो र खोकी देखिएपछि पाल्पा अस्पताल व्यवस्थापन र स्थानीय बासिन्दाको सहयोगमा ती युवालाई अस्पतालकाे आइसोलेनमा राखिएको छ । ती युवा बगनासकाली गाउँपालिकाका हुन् ।


यस्तै लुम्विनी मडिकल कलेजमा ज्वराे र रूघाखाेकी देखिएपछि भर्ना भएका बावु र छोराको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको छ । कलेजले दुबै जनाको स्वाब कोरोना संक्रमित भएको हो वा होइन पत्ता लगाउनका लागि शनिबार स्वाब काठमाडौँ परीक्षणका लागि पठाएको जनाएको छ । परीक्षणकाे नतिजा पाेजेटिभ भए छिट्टै आउनेछ भने नतिजा नेगेटिभ देखिए आउन ढिलाइ हुने बताइएकाे छ ।


सामान्य ज्वरो र रुघाखोकी लागेर शुक्रबार अस्पताल भर्ना भएका बावु छोराको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । यस्तै कलेजले तिनाउ गाउँपालिकाका एक जना ६५ वर्षकी बृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडाैँ पठाउने तयारी गरिरहेकाे लुम्विनी मेडिकल कलेज निर्देशक डा. राजु शाक्यले जानकारी दिनुभयो । ती बृद्धा ज्वरो र दमका समेत बिरामी रहेकाे अस्पतालले जनाएकाे छ ।

माथागढी घर भएका युवा बुद्ध जन्मस्थल लुम्विनी क्षेत्रको एक होटलमा काम गरेर केही दिनअघि मात्र घरमा फर्किएका थिए । घरमै रहेका बुवामा समेत ज्वरो देखिएपछि बृद्ध बुवालाई समेत अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सक शाक्यले कोरोनाको आशंकामा लागेका बिरामीलाई राख्न आइसोलेसन वार्ड तयार भएको बताउनुहुँदै चिकित्सकलाई आवश्यक सामग्री समेत प्रवन्ध गर्ने काम भइरहेकाे बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update