Erani Mahal
रम्भाका एक सय ६० विपन्न परिवारलाई खाद्यान्य सामग्री वितरण
1585989461Rambha_Rahat_Photo

पाल्पा – रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका ज्यालामजुरी गरेर जीविकोपार्जन गर्ने १६० विपन्न परिवारलाई खाद्यान्य सामग्री वितरण गरेको छ । सरकारले लकडाउनको समयमा काम गर्न नपाएकोले विपन्न परिवारमा सहयोग होस् भनेर राहत वितरण गर्न भनेअनुसार रम्भाले गाउँपालिकाका सबै वडामा राहत वितरण गरेको हो ।


रम्भा गाउँपालिकाले परिवारका प्रतिसदस्य बराबर ७ किलो चामल, २ जनाको परिवारलाई २ किलो दाल, डेढ लिटर तेल, ३ किलो चिउरा, १ किलो नुन, २ जना भन्दा बढीको परिवारमा ३ किलो दाल, ३ लिटर तेल, ५ किलो चिउरा, १ किलो नुन वितरण गरेको जनाएको छ । यस्तै गाउँपालिकाले परिवार सरसफाई गर्न १ वटा नुहाउने सावुन, २ वटा लुगा धुने सावुन र १ वटा भाँडा माझ्ने सावुन वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र ज्यालामजदुरी गरेर खाने परिवारलाई राहत वितरणले दैनिक जीवनयापन गर्न सहयोग पुग्ने गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । गाउँपालिकाले काेराेना संक्रमण फैलन नदिने गाउँपालिकाभरि विशेष अभियान चलाएकाे गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले बताउनुभयाे ।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update