Erani Mahal
लकडाउनका बेला रामपुरमा बजार अनुगमन !
Rampur-Palpa

पाल्पा – रामपुर नगरपालिकाले रामपुर नगरक्षेत्रको मुख्य बजार क्षेत्रमा अनुगमन गरेको छ । नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आर्चायको नेतृत्वमा भएको अनुगमनमा केही अवैधानिक पसलमा शिल गरिएको छ ।


रामपुरमा विगत २५ वर्ष देखि होटल व्यवसाय सन्चालन गर्दै आउनुभएका हेमनारायण श्रेष्ठको आकृति खाजा घर, लाल गोपाल बस्यालको तरकारी तथा फलफूल पसल र अर्को एक तरकारी तथा फलफूल पसललाई बन्द अनुगमन पछि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।


उपप्रमुख एवम् अनुगमन समितिका सयोंजक बिष्णु देवि घिमिरे आर्चायले गैरकानुनी रुपमा नगरपालिकामा दर्ता नभएका पसल बन्द गरिएको बताउनुभयो । दर्ता नगरी गैरकानुनी रुपमा चलाइ्रएको पसल बन्द गरिएको र चाबी वडा अध्यक्षलाई बुझाएको उहाँले बताउनुभयो । नगरउपप्रमुख घिमिरेले पटकपटक भन्दै आएपनि अटेर गरेको दावी गर्नुभयो ।


तर आकृति खाजा घरका संचालक श्रेष्ठले भने आफ्नो सबै कागजपत्र भएको बताउनुभयो । फलफूल तथा तरकारी पसलका सन्चालक लालगोपाल बस्यालले नगरपालिकाले अनाहकमा पसल बन्द गराएको बताउनुभयो । उहाँले कुनै सुझाव वा अनुगमन नै नगरी एक्कासी पसल बन्द गरेको बताउनुभयो ।


नगरपालिका अनुगमन सदस्य एवम् उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले नगरपालिकामा पसल दर्ता गर्न आवश्यक भएपनि लकडाउनका बेला शिल गर्नु कमजोरी भएको बताउनुभयो । नगरपालिकाले देश नै संकटका बेला अनुगमन गरेर गलत नियत देखाएको व्यवसायीहरूको भनाई छ । जनप्रतिनिधि आएको झण्डै तीन वर्ष भएपनि अनुगमन भएको थिएन, लडडाउनको बेलामा एक्कसी अनुगमन हुनु दुखद भएको यहाँका व्यवसायीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update