Erani Mahal
पाल्पाका दुई अस्पतालमा तीन जना ज्वराेका बिरामी भर्ना
92073616_2578820625728913_8758802758934462464_o

पाल्पा – पाल्पा अस्पतालले एक जना बगनासकालीको बिरामीलाई आइसोलेनमा राखेको छ । वितग ३ दिनदेखि ज्वरो र रुघाखोकी देखिएपछि उहाँलाई पाल्पा अस्पतालले तयार गरेर राखेकाे आइसोलेन वार्डमा भर्ना गरेर राखिएको छ । यद्यपी उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको पाल्पा अस्पतालका मेडिकल अफिसर डा. पुष्प ज्ञवालीले जानकारी दिनुभयो ।

बगनासकालीका २ जनामा ज्वरो र खोकी देखिएपछि अर्को एक जना भने अस्पतालमा नआएको उहाँले बताउनुभयो । आइसोलेसनमा राखेका बिरामीको स्वाब परीक्षण प्रक्रिया अगाडि बढ्ने ज्ञवालीले उल्लेख गर्नुभयो ।

तानसेन नगरपालिकाले घरघरमा पुगेर भारत लगायत विदेशबाट फर्किएकाकाे स्वास्थ्य परीक्षण गरेकाे छ ।


यसैबीच लुम्विनी मेडिकल कलेजमा सामान्य ज्वरो आएका २ जना बिरामीलाई उपचारका लागि भर्ना गरिएको छ । शुक्रबार सामान्य ज्वरो आएका माथागढीका दुई जना बिरामीलाई अस्पतालले अन्य बिरामीलाई जस्तै भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. राजु शाक्यले जानकारी दिनुभयो । शाक्यले भर्ना भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै गाउँको सामान्य मान्छेलाई सही सल्लाह दिन नसक्दा बिरामीले दुख पाउने अवस्था रहेकाे बताउनुभयाे ।


माथागढीबाट हिजो (बिहीबार) लुम्विनी मेडिकल कलेजमा आएको बिरामी फर्काएको होइन, चिकित्सकले भर्ना गर्नुपर्ने र उपचार गर्नुपर्ने आवश्यकता नदेखेपछि घरमै बस्न सल्लाह दिएको हाे, डा. शाक्यले भन्नुभयो ।

जसले उपचार गरेको हो उसैलाई बिरामीको अवस्था के हो ? थाहा हुन्छ । उसलाई भर्ना गर्नुपर्छ या पर्दैन भन्ने सर्टिफाइड अस्पतालको चिकित्सकले गर्ने हो । बाहिर कसले के भन्यो, त्यो गर्ने होइन । सामाजिक संजालमा बिरामी फर्काएको हल्लाबारे उहाँले भन्नुभयो । उहाँले अस्पतालले बिरामीलाइ भर्ना नगर्ने, उपचार नगर्ने भन्ने हामी विस्वास गर्न सक्दैनाैँ ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update