Erani Mahal
स्थानीय तहद्वारा कोरोना जोखिममा खट्ने कर्मचारीलाई १० लाखको स्वास्थ्य बिमा
ddd

पाल्पा - पाल्पाका २ स्थानीय तहले कोरोना संक्रमणको जोखिममा काम गर्ने कर्मचारीको १० लाखको दुर्घटना स्वास्थ्य बिमा गरिदिएको छ । जिल्लाको निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकाले कोरोना संक्रमण रोकथाममा नियमित खट्ने स्वास्थ्यकर्मी, कर्मचारीलाई प्रोत्साहन भत्ता दिने र ज्यान गएको खण्डमा १० लाख रुपैया राहत परिवारलाई दिने निर्णय गरेको हो ।

निस्दी गाउँपालिकाले कार्यपालिका बैठकको निर्णयबाट सम्भावित संक्रमण न्यूनीकरण अभियानमा खट्ने स्वास्थ्यकर्मीहरु, नियमित खट्ने कर्मचारीहरु तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्ता दिने तथा यस अभियानमा खट्ने स्वास्थ्यकर्मी, नियमित खट्ने कर्मचारीहरु र सवारी चालकहरुको अकल्पनीय मृत्यु भएमा १० लाख रुपैया पालिकाबाट राहत स्वरूप दिने निर्णय गरिएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

त्यस्तै, पूर्वखोला गाउँपालिकाले अहिले जोखीमका बेला सहयोग गरेका स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरूप दश हजार रुपया दिने र स्वास्थ्य कर्मीको १० लाखको जिबन विमा गरिदिने निणर्य गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो।

पाल्पाका स्थानिय तहले अहिले नागरिकलाई राहत प्रदान गर्ने, वडामा क्वारेन्टाइन निर्माण गर्ने, बाहिरबाट आउने नागरिकको पहिचान तथा नियमित अनुगमन र गाउमा सचेतना बढाउने साथै आवश्यक स्वास्थ्य सामाग्रीको प्रवन्ध गर्नमा व्यस्त छन् ।

निस्दीमा हालसम्म ८४ जना नागरिक भारत तथा अन्य मुलुकबाट आएका छन् । उनीहरुको स्वास्थ्य परिक्षण गरिएको र आ-आफ्नै घरमा सुरक्षित तरिकाले बसेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दीमा१ सय ५ बेडको अस्थायी क्वारेन्टाइन स्थापना गर्ने लक्ष्य अनुरुप बेड निर्माण चलिरहेको छ ।

जिल्लाको पहाडी र गाउले जिवनले भरिएको निस्दीमा स्वास्थ्यकर्मी, कर्मचारी र प्रहरीले सचेतनालाई जोड दिएका छन् भने जनप्रतिनिधि तथ्यांक संकलन र राहतमा जुटेका छन् । दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई प्रतिव्यक्ति राहत बितरण थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा ७ वडा रहेका छन् । मानव बस्तीको आधारमा वडामा क्वारेन्टाइन बनाउन शुरु गरिएको अध्यक्ष सारुले बताउनुभयो। आबश्यकता आधारमा सबै वडामा गरि १ सय ५ बेडको अस्थायी क्वारेन्टाइन स्थापना गर्ने र आवश्यक परे अरु निर्माण गर्न सकिने निस्दीका प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । यहाँ वडास्तरीय समन्वय समिति गठन गरी प्रचारप्रसारलाई तिब्रता दिइएको छ त्यस्तै गरि पालिकास्तरीय द्रुत प्रतिकार्यका लागि टोलि गठन भएको छ ।

यस पालिका भित्रिने मुख्य नाका बेलडाडा र गाउँपालिकाको केन्द्र मित्यालको रुप्सेभञ्ज्याङ् बजारमा हेल्थ डेस्क राखि सामान्य चेकजाचको प्रवन्ध मिलाइएको छ।

गत चैत १४ गतेदेखी क्वारेन्टाइनमा बाहिरबाट आएका नागरिक राख्न शुरु गरेको पुर्वखोला गाउपालिकामा हाल २१ जना क्वारेन्टाइनमा बसेका छन् । सिलुवाको जनमार्ग माबिमा ३० बेडको क्वारेन्टाइन निर्माण गरेकोस्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।

गाउँपालिकामा भारत लगाएत अन्य मुलुकबाट गरि १सय ९८ जना आएका छन् । घरमा आएका घरमा नै सुरक्षित बसेको र पछिल्लो समय भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राकिएको ढकालले बताउनुभयो । सिलुवामा ३० र अन्य वडामा १० बेडको क्वारेन्टाइन पुर्याउने गाउँपालिका प्रमुख नुन बहादुर थापाले जानकारी दिनुभयो । तत्कालका लागि ८० शैयाको क्वारेन्टाइन कक्ष तयार छ- थापाले "भन्नुभयो ।

समग्र गाउँपालिका र वडा कार्यालयलाई जागरुक बनाउदै नागरिकलाई राहत र स्वास्थ्य सामाग्रीको प्रबन्धमा लागेको स्वास्थ्य संयोजक ढकालले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update