Erani Mahal
तानसेनमा विदेशबाट फर्किएका नागरिककाे स्वास्थ्य परीक्षण
khhg

पाल्पा - तानसेन नगरपालिकाले विदेशबाट फर्किएका नागरिककाे स्वास्थ्य परीक्षण सुरू गरेकाे छ । कोरोना भाईरसको संक्रमण राेक्न नगरपालिकाले भारत सहित विभिन्न देशबाट फर्किएका नागरिककाे स्वास्थ्य परीक्षण गरेकाे हाे ।

तानसेन नगरपालिकाले वडा नं. ५ र वडा नं. ११ बाट स्वास्थ्य जाँच सुरू गरेकाे छ । विदेशबाट फर्केका नागरिककाे रूघाखाेकी र ज्वराे चेकजाँच गरिएकाे तानसेन नगरपालिकाका स्वास्थ्य शाखा संयाेजक झविन्द्र न्याैपानेले जानकारी दिनुभयाे । काेराेना भाइरसकाे संक्रमण फैलन नदिने विदेशबाट फर्केका नागरिककाे स्वास्थ्य जाँच गरेर जानकारी लिने काम गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

नगरपालिकाले आफ्नै खर्चमा १० वटा पिपिए तथा आवश्यक स्वास्थ्य उपकरण स्वास्थ्यकर्मीहरुलाई वितरण गरेपछि वडा वडामा विदेशबाट आएका व्यक्तिहरुको चेकजाँच सुरू गरिएको हो । विदेशबाट आएका व्यक्तिहरुको घर घरमा पुगी स्वास्थ्यकर्मीले ज्वरो, रुघा र तथा खोकीको परिक्षण गर्दै आएकाे नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयाे । नगरपालिकाका अनुसार वडा नं. ५ र कवडा नं. ११ मा गरी १३ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे छ ।

तानसेन नगरपालिका भित्र १२३ जना बाहिरी मुलुकबाट आएकोमा ८७ जना भारत ३६ जना अन्य मुलुकबाट आएका छन् । विदेशबाट आएका व्यक्तिहरुलाइ छुट्टै क्वारेन्टाइनमा बस्न लगाइएकाे छ । चेकजाँच गरिएका व्यक्तिहरूमा अहिलेसम्म काेराेना संक्रमणकाे लक्षण नदेखिएकाे नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले बताउनुभयाे । उहाँले नगरपालिकाका सबै वडामा हरेक नागरिकलाइ निगरानीमा राखेर स्वास्थ्य परीक्षण गरेर काेराेना संक्रमण बिरूद्धकाे अभियान चलाएकाे बताउनुभयाे ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update