X
5
Shares

पाल्पामा विदेशबाट फर्किएका १२ सय ४० मध्ये ३७ जना मात्र क्वारेन्टाइनमा

रानीमहल संवाददाता || २० चैत्र २०७६,बिहीबार १७:३९

पाल्पा – जिल्लाका तीन स्थानीय तहमा मात्र विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । रामपुर नगरपालिकामा १२ जना, पूर्वखोला गाउँपालिकामा २१ जना र रैनादेवी छहरामा ५ जना गरी ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरू सबै भारतबाट नेपाल फर्किएका छन् ।

एक साताअघि ७३ जना क्वारेन्टाइनमा बसेपनि कोही बाग्लुङ् जिल्लामा गइसकेका छन् भने कोही घरमा फिर्ता भईसकेका छन् । त्यसपछि क्वारेन्टाइनमा बस्नेको संख्या निरन्तर घट्दो छ । पाल्पा जिल्लामा पछिल्लो समय भारतसहितका देशबाट स्वदेश पाल्पा फर्कने १२४० जना छन् । तर उनीहरू कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् ।

पाल्पामा चैत १ गतेदेखि हालसम्म १२४० जना छन् । तानसनेमा १२३, रामपुरमा १६५, निस्दीमा ८५, पूर्वखोलामा १९८, रम्भामा ५२ जना छन् । यस्तै माथागढीमा ८१, बगनासकालीमा ७०, तिनाउमा ४१, रिब्दीकोटमा १४१ र रैनादेवी छहरामा २७४ जना छन् ।

लुम्विनी मेडिकल कलेज, प्रभासले तयार गरेकाे भेन्टिलेटर सहितकाे आइसाेलेसन वार्ड ।

विदेशबाट फर्किएकाहरू अधिकांश स्थानीय तहको निगरानीमा होम क्वारेन्टाइनमा बसेका बताइएको छ । यद्यपी विदेशबाट फर्किएका मानिसहरु खुलेआम ज्वरोसँगै गाउँमा घुमेको भन्ने गुनासो पनि आएको छ ।

६८ जनाको ज्वरो र रुघाखोकीको जाँच

पाल्पाका चार अस्पतालले सञ्चालन गरेको फिभर क्लिनिकमा बिहीबार ६८ जनाको ज्वरो र रुघाखोकीको जाँच भएको छ । लुम्विनी मेडिकल कलेजमा ४५, मिसन अस्पतालमा शन्य, रामपुर अस्पतालमा १६ र पाल्पा अस्पतालमा ७ जना बिरामीको फिभर क्लिनिकमा ज्वरो र रुघाखोकीको जाँच भएको जिल्ला प्रशासन कार्यालय पाल्पका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।

उनीहरूमध्ये कसैलाई पनि कोरोना भाइरससँग मिल्ने लक्षण नदेखिएको उहाँले बताउनुभयो । यस्तै तिनाउ गाउँपालिकाको दोभानमा सञ्चालित हेल्प डेस्कमा २९८ जना र हार्थोक हेल्पडेस्कमा २८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys