Erani Mahal
नेपालमा छैटाैं काेराेना संक्रमित भेटिए
1276944981corona-virus-

काठमाडाैँ - नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन बाेल्नुहुन्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको बताउनुभएकाे छ ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको उहाँले बताउनुभयाे । संक्रमणकाे पुष्टि भएकी महिला ती बाग्लुङ्की ६५ वर्षिया महिला रहेकाे बुझिएकाे छ ।

पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update