Erani Mahal
तिनाउ र बगनासकालीमा ज्यालादारीमा काम गर्नेलाई राहत वितरण सुरू
91398092_2495889500664524_6565674419010666496_n

पाल्पा – जिल्लाका विभिन्न स्थानमा दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न तथा मजदुरलाई राहत वितरणको काम सुरु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ दोभानका ५२ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

तिनाउ वडा नंं २ का ज्यालामजदुरीमा काम गर्ने ५२ परिवारलाई टोलको सिफारिस अनुसार खाद्यान्न सामग्री वितरण गरिएको वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो ।


यस्तै बगनासकाली वडा नं. २ पोखराथोकले समेत विपन्न तथा ज्यालादारीमा काम गर्ने मजदुर परिवारलाई राहत सामग्री वितरण गरेको छ । लक डाउनले विपन्न परिवारको दैनिकी असर गरेको भन्दै संघीय सरकारले खाद्यान्न लगायतका सामग्री राहत दिने निर्णय अनुसार हरेक गाउँपालिका तथा नगरपालिकामा राहत वितरणको काम सुरु भएको हो ।


पोखराथोकमा हालसम्म ४२ जना मजदुर परिवारले राहत स्वरुप खाद्यान्न, चामल, दाल, नुन, तेल पाएका वडा सचिव हरिहर गैरेले जानकारी दिनुभयो । जिल्लाका स्थानमा समेत राहत वितरणको काम सुरु भएको छ । केही गाउँपालिका÷नगरपालिकाले भने ज्यालामजदुरीमा काम गर्ने मानिसहरुको तथ्यांक संकलन गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update