Erani Mahal
ज्यालादारीमा काम गर्दै आएका विपन्न परिवारलाई खाद्यान्न सामग्री
91492741_2561953714074938_2848353067244453888_n

पाल्पा – दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । माथागढी गाउँपालिका वडा नं. ३ मा रहेर दैनिक ज्यालादारी तथा मजदुरीमा काम गर्ने परिवारलाई लक डाउनको बेलामा सहयोग गरिएको हो । हालसम्म ज्यालादारीमा काम गर्ने ६२ घरपरिवारलाई खाद्यान्न सामग्री चामल, दाल, तेल, नुन, आलु र तरकारी वितरण गरिएको छ ।


स्थानीय बासिन्दाको सहयोगमा खाद्यान्न लगायतका सामग्री संकलन गरेर ज्यालादारीमा काम गर्ने परिवारलाई वितरण गरिएको वडा अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो । लकडाउनको बेलामा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई साँझबिहान खान अप्ठेरो नपरोस् भनेर प्रतिपरिवार २० किलो चामल, १ किलो दाल, २ किलो आलु, १ लिटर तेल, १ किलो नुन सहित अन्य तरकारी समेत वितरण गरेको स्थानीय समाजसेवी नवलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


राहत संकलनका लागि सराई युवा क्लबले सहजीकरण गरेको क्लबका अध्यक्ष खोमबहादुर गाहाले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण रोक्न लक डाउनका बेलामा कुनै विपन्न समुदायका नागरिकको जीवनयापन सहज होस् भनेर राहत संकलन र प्रदान गरिएको उहाँले बताउनुभयो । हालसम्म सराईका व्यापारी, विभिन्न टोल समूह तथा व्यक्तिहरूले आफूले सक्दो चामल, दाल, नुन, तेल र तरकारी सहयोग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update