Erani Mahal
रामपुरमा मजदुरलाई खाद्यान्न सहयोग
91479949_308652863433633_5285435197393731584_n

पाल्पा - पूर्वी पाल्पा मजदुर ब्यवस्थापन समितिले दैनिक ज्याला मजदुरी गरि खाने मजदुरलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ । सरकारले कोरोना संक्रमण फैलन सक्ने भन्दै बिगत १० दिनदेखी लकडाउन गरेपछि न काम न दाम हुन बाध्य मजदुर पहिचान गरि राहत बाडेको हो ।

लकडाउनको विषम परिस्थितिलाइ मध्य नजर गर्दै समितिमा पछिल्लो समयसम्म आबद्द रहेका मजदुर पहिचान गरि बेकामी समयमा दैनिक गुजारा चलाउन समस्या भएका ४ सय ६ जना मजदुरहरुलाई राहत बितरण गरिरहेको समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताउनुभयो । समितिले कार्यालयबाटै भिडभाड नहुने गरि पहिलो दिन २ सय मजदुरलाई सो राहत सहयोग गरेको छ । बाकी मजदुरलाई बिहिबार राहत दिने पोखरेलले बताउनुभयो ।

यस क्षेत्रमा बाहिरबाट घर,भवन बनाउन तथा ज्याला मजदुरी कामका लागि आउने मजदुर धेरै छन् । लकडाउनका समयमा काम गर्न नपाएपछी दैनिक काम गरेर खाने मजदुर र उनका परिवारलाई राहत दिन खाद्यान्न सहयोग गरेको हो ।

मजदुर समितिले मजदुर राहतकोषवाट राहत प्याकेजका रुपमा प्रति मजदुर १० किलो चामल ,१/१ पोका तेल र नुन, साढे १ किलो दाल हस्तान्तरण गरेको समितिका कोषाध्यक्ष चन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । समितिमा हाल १ हजार ५० जना आबद्द भएपनी दैनिक ज्यालामजदुरी बाटै घरखर्च चलाएर गुजारा चलाउने ४०६ जना रहेको पहिचान गरि राहत दिएको समितिले जनाएको छ ।

शहर उन्मुख रामपुर क्षेत्रमा घर,भवन तथा विकास निर्माणका काममा तराइ मुलका श्रमिक धेरै छन् । सो मध्य ५ बर्ष अघि स्थापित मजदुर व्यवस्थापन समितिमा पछिल्लो समय सम्म नवीकरण हुँदै आवद्ध रहेर काम गर्दै आएका मजदुरलाई समितिले राहत बितरण गरेको हो ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update