Erani Mahal

पाल्पा - तानसेन नगरपालिका ११ का गरिब तथा विपन्न परिवारलाइ खाद्यान्न सामाग्री वितरण गरिने भएकाे छ । काेराेना भाइरसकाे संक्रमण राेक्न सरकारले लकडाउन गरेपछि प्रभवित बनेका ज्यालादारीमा काम गर्ने विपन्न परिवारलाइ सहयाेग गर्न लागिएकाे हाे ।

पाल्पाकाे तानसेन नगरपालिका ११ का गरिब तथा विपन्न वर्गका मानिसहरूलाइ खाधान्न सहयाेग गर्न लागेकाे तानसेन वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले बताउनुभयाे । उहाँले भन्नुभयाे अहिले देश संक्रटकाल रहेको बताउदै यस्ताे अवस्थामा दैनिक ज्याला दारी गरेर जीवन बिताउने व्यक्तिलाई गाह्रो हुने बताउदै विपन्न तथा गरिब व्यक्तिकाे पहिचान गरि खाधान्न वितरण गर्न लागेका छाैँ ।

तानसेन नगरपालिका ११ ले सरकारले लकडाउन गरेकाे हुनाले सबै वडाबासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेकाे बताउनुभयाे । साथै विभिन्न वडा कार्यालयले विभिन्न जनचेतना मुलक सुचनाहरू माईकिङकाे माध्यमबाट प्रचारपसार गरेकाे उहाँले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update