Erani Mahal
काेराेना प्रभाव : रामपुरमा खानेपानीकाे महशुलमा ५० प्रतिशत छुट !
91230351_553253772237564_7099969600468549632_n

पाल्पा - रामपुरमा संचालित रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आफ्ना ग्राहक उपभोक्तालाई चैत महिनाको न्युनतम शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

संस्थाको नबनिर्वाचित संचालक समितिको मंगलबार बसेको पहिलो बैठकले बिश्वभरी फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल पनि जोखिम बढेर नेपाल सरकारले लकडाउन गरिरहेको अवस्थामा यस्ताे निर्णय गरेकाे हाे ।

सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकले बुझाउने नियमित शुल्क चैत्र महिनाका लागि न्युनतम शुल्कमा ५०(पचास प्रतिशत) छुट दिने र चैत्र महिनाको मिटर रिडिङ हुन नसकेको जनाउदै मिटर रिडिङ गरेको मितिले नियमानुसार तिरेमा विलम्ब शुल्क समेत नलाग्ने निर्णय गरेको अध्यक्ष राजु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले सबै ग्राहक तथा उपभोक्तामा कोरोना संक्रमणको जोखिम बढेकाले संयमित हुन अनुरोध गरेको छ ।

यसैबीच, रामपुर साना शहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा समाजसेवी राजु प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । लामो समयदेखी नयाँ संचालन समितिको लागि कसरत भैरहेको यस सस्थाको नवनिर्वाचित उपाध्यक्षमाहजुल मियाँ, सचिवमा शालिकराम सिग्देल,कोषाध्यक्षमा बिष्णुमाया ढकाल र सदस्यहरुमा कमल सेन, लोकनाथ ढकाल, सृजना पौडेल, टेक बहादुर बिश्वकर्मा, मुना थापा र अन्य ६ वटा ब्लकका ब्लक संयोजक चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्षा । राजुप्रसाद श्रेष्ठ ।

जसको ब्लक संयोजकमा हरिनाथ ढुङ्गाना ब्लक नं. १ सँयोजक, श्रीराम कडेल ब्लक नं. २ सँयोजक, चन्द्रकान्त अधिकारी ब्लक नं. ३ सँयोजक, बिष्णु प्रसाद लम्साल ब्लक नं. ४ सँयोजक, मधु सुदन पोखरेल ब्लक नं. ५ सँयोजक र प्रेम बहादुर पोखरेल ब्लक नं. ६ संयोजक चयन हुनुभएको साना शहरी खानेपानी संस्थाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update