Erani Mahal
पाल्पामा ज्वराे र रूघाखाेकीकाे बिरामीका लागि 'फिभर क्लिनिक'
91244996_151886562954299_7939503542102917120_o

पाल्पा – जिल्लाका चार अस्पतालहरूमा ‘फिभर क्लिनिक’ सञ्चालनमा आएको छ । ज्वरो र रुघाखोकीका बिरामीले अस्पतालबाट उपचार नपाएको गुनासोका आधारमा आइतबारदेखि अस्पतालहरूले छुट्टै 'फिभर क्लिनिक' समेत सञ्चालन गरेका हुन् । जिल्लाका पाल्पा अस्पताल, लुम्विनी मेडिकल कलेज, प्रभास, युनाइटेड मिसन अस्पताल र रामपुर अस्पतालले फिभर क्लिनिक सञ्चालन गरेका हुन् ।

पाल्पा अस्पतालले सञ्चालन गरेकाे फिभर क्लनिकमा खटिएका स्वास्थ्यकर्मी । तस्विर : अस्पतालकाे फेसबुक पेजबाट ।


‘फिभर क्लिनिक’ सञ्चालन पछि ज्वरो, रुघाखोकीका बिरामीले सहज रुपमा उपचार पाएका स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य टोलीले समेत आइतबार बैठक बसेर हरेक अस्पतालमा फिभर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको थियो ।


टाेलीले अस्पताल तथा स्वास्थ्य संस्थाहरू सुरक्षित रुपमा छुट्टै फिभर क्लिनिक सञ्चालन गर्नुपर्ने निर्णय गरेको थियो । क्लिनिक सञ्चालन भएपछि भने ज्वरो, रुघाखोकी लगायतका बिरामी अस्पतालबाट फर्कनुपरेको गुनासो नआएको न्यौपानेले जानकारी दिनुभयो ।

केही दिनअघि भने ज्वरो र रुघाखोकीका बिरामीलाई जिल्लाका कतिपय अस्पतालले फर्काएको गुनासो आएको थियो । काेराेना भाइरसकाे संक्रमण हुने भयले अस्पताल तथा स्वास्थ्यकर्मीले समेत ज्वराे र रूघाखाेकीका बिरामीलाइ नहेरी फर्काएकाे गुनासाे बढेकाे थियाे । अहिले भने अस्पतालहरूले छुट्टै वार्ड तयार गरी स्वास्थ्यकर्मीसहित उपचारका लागि आएका बिरामीकाे स्वास्थ्य जाँच तथा उपचार गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update