Erani Mahal
तानसेनमा काेराेना भाइरसकाे संक्रमण राेक्न 'डिसइन्फेक्सन स्प्रे'
91063260_209951070102286_9042264535976640512_n

पाल्पा – तानसेनका संवेदनशील स्थानमा डिस इन्फेक्सन स्प्रे गरिन थालिएको छ । तानसेन नगरका सम्वेदनशिल मानिने बसपार्क, लहरेपीपल, आन्दोलनचोक, शित्तलपाटी, हुलाकचोक, टक्सार हुँदै विशालबजारसम्म कोरोना भाइरस फैलिन नदिन डिसइन्फेक्सन स्प्रे गरिएको हो ।


आइतबार तानसेन वडा नं ६, स्थित जनप्रिय माविमा स्थापना गरिएको क्वारेन्टाइन क्षेत्रमा स्प्रे गरिएको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।
तानसेनमा अति भीडभाड हुने क्षेत्र, फोहोर हुने क्षेत्रलाई आधार बनाएर सोमबार स्प्रे गरिएको उहाँले बताउनुभयो ।

नगरका सम्वेदशील मानिएका स्थानमा हानिकारक कीटनासक औषधि छर्किने काम भएको नगरपालिकाले जनाएको छ । विश्वभर कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै मानिसमा त्रास बढेको छ । स्प्रे छर्किएपछि कोरोना भाइरसको संक्रमण नहुने बताइएको छ ।

डिस इन्फेक्सन स्प्रे छर्किने काम नगरका अन्य स्थानमा पनि हुने तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले बताउनुभयाे । नगरका नागरिक काेही पनि काेराेना भाइरसकाे संक्रमणबाट नहुन् भनेर नगरपालिकाले विभिन्न सुरक्षात्मक याेजना अनुसार काम गरिरहेकाे उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update