Erani Mahal
अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी युवतीको मृत्यु
U3gbzyf1i4gbuIkcS3I1

काठमाडौं - वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक जना युवतीको साेमबार दिउँशाे मृत्यु भएको छ ।

सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिनुभयाे । भारतबाट यही साता नेपाल आएकी उनकाे अस्पतालमा ल्याउदाँ ज्वरो पनि थियो उहाँले भन्नुभयाे स्वास फेर्न पनि गाहो भइरहेको थियो ।

उनलाइ कोरोनाको शंका गरेर नमुना टेकु ल्याबमा पठाएकाे उहाँले जानकारी दिनुभयाे । उनकाे रिपाेर्ट भने अाउन बाँकी छ । उनी चन्द्रागिरी नगरपालिकाकी रहेकाे अस्पतालले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update