Erani Mahal
निस्दीमा विदेशबाट फर्किएकाकाे स्वास्थ्य परीक्षण
NISDI

पाल्पा - निस्दी गाउँपालिका पाल्पाले कोरोना रोग नियन्त्रणको लागि अनुगमन र प्रचारप्रसारलाई तीब्रता दिएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थकर्मी तथा प्रहरीको टोलि गाउँगाउँमा गएर प्रचारप्रसार र नयाँ आउने व्यक्तिहरुको स्वास्थ परीक्षण गरेको अध्यक्ष सारुले बताउनुभयो ।

निस्दी गाउँपालिकामा हालसम्ममा छिमेकी राष्ट्र भारत र अन्य बाहिरी मुलुकबाट ८४ जना व्यक्ति आफ्नो घरमा आएको र सबै जना आ-आफ्नै घरमा सुरक्षित रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो।

वडा नम्बर १ बाकामलाङबाट ४२ जना, सहलकोटबाट २ जना, झिरुबासबाट ५ जना वडा नम्बर ४ मित्यालबाट १२ जना, गल्धाबाट १३ जना, अर्चलेबाट ७ जना र वडा नम्बर ७ ज्यामिरेबाट ३ जना गरी कुल भारतबाट ७६ जना र बाहिरी मुलुकबाट ८ जना आएकोमा सबै जना सामान्यनै रहेकोले क्वारेन्टाइनमा राख्न आवस्यक नरहेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

आवश्यक परेको खण्डमा गौरीशंकर मावि मित्यालमा फरकफरक ४ वटा कोठामा १२ बेडको अस्थायी क्वारेन्टाइन व्यबस्थित तरिकाले तयार परेको र आवस्यक परेको खण्डमा ३० वटा बेड तयारीमा राखेको पनि अधिकृत अर्यालले बताउनुभयो ।

हाल निस्दी गाउँपालिकाले २ हजार ५ सय वटा माक्स , डिजिटल थर्मोमिटर , स्वास्थ कर्मीले प्रयोग गर्ने पिपिई , सेनिटाइजर लगायतका अति आवस्यक सामग्री पालिका भित्र रहेका प्रत्येक स्वास्थ चौकीलाई हस्तान्तरण गरेको उपाध्यक्ष रिता कुमारी अर्यालले बताउनुभयो ।

निस्दीका कुनैपनि व्यक्तिलाई कोरोना संक्रमित भेटिएमा अन्यत्र हस्पिटलमा लैजानको लागि जुनसुकै बेला एम्बुलेन्सको व्यवस्था रहेको पनि अधिकृत अर्यालले बताउनुभयो । अहिले निस्दी गाउँपालिकाको प्रत्येक नाकामा नयाँ आउने व्यक्तिहरुको स्वास्थ परिक्षणको लागि हेल्थ डेक्स राखेको स्वास्थ शाखा संयोजक दिशाले बताउनुभयो ।

साथै २ वटा थर्मोगनको पनि व्यवस्था रहेको संयोजक दिशाले बताउनुभयो । निस्दी गाउँपालिकामा कुनै पनि यातायातको आवातजावत नरहेको र बजार पनि पुरै ठप्प रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update