Erani Mahal
विदेशबाट फर्किएका उच्च निगरानीमा, क्वारेन्टाइनमा बस्नैपर्ने !
Image-3-8

पाल्पा – पाल्पा जिल्लामा कोरोना (कोभिड १९) संक्रमण, रोकथाम तथा उपचारार्थ गठित कमाण्ड पोष्टको बैठकले भारत लगायतका मुलुकबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गरेको छ । भारत, खाडी मुलुक र युरोपबाट पाल्पा घरमा फर्किएका मानिस गाउँमा खुलेआम घुमेको गुनासाका आधारमा उनीहरूलाई आवश्यकताका आधारमा क्वारेन्टाइनभित्र राख्न स्थानीय तहलाई भनिएको छ । बैठक विदेशबाट फर्किएकाहरुको दैनिक गतिबिधिमा समेत निगरानी राख्न अनुरोध गरेको छ ।

पाल्पा जिल्लामा कोरोना (कोभिड १९) संक्रमण, रोकथाम तथा उपचारार्थ गठित कमाण्ड पोष्टको बैठकले गरेकाे निर्णय ।


पाल्पाका स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेपनि विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा नराखेको भन्दै गाउँमा कोरोना संक्रमण फैलने होकी भन्दै त्रास बढेको छ । विदेशबाट फर्किएका मानिस ज्वरोसँगै गाउँमा विभिन्न गतिबिधिमा संलग्न रहेको भन्दै सामाजिक संजालमा विषय उठान भएको छ ।


भारत लगायतका मुलुकबाट आएका मानिस खुलेआम गाउँमा घुमेको र क्वारेन्टाइनमा नराखेको गुनासो आएपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।


दुई सातामा पाल्पा जिल्लामा भारत लगायतका मुलुकबाट १ हजार बढी मानिस भित्रिएका छन् । अधिकांश मानिस कोरोना भाइरस संक्रमित देशबाट भित्रिएकाले जिल्लाभर विदेशबाट आएका मानिसबाट कोरोनाको संक्रमण फैलने हो की भन्ने त्रास फैलिएको हो ।

गाउँमा समेत सुरक्षाकर्मी खटाउन माग
स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुले भने स्वास्थ्यकर्मीले लगाउने पिपिइ, स्यानिटाइजर र थर्मोलगनको अभावले प्रभावकारी रुपमा क्वारेन्टाइनमा काम गर्न नसकेको बताउँदै आएका छन् । स्वास्थ्यकर्मी नै असुरक्षित भएपछि कसरी सेवा दिने हो उनीहरूले प्रश्न गरेका छन् ? यस्तै विदेशबाट फर्किएका मानिसले समेत क्वारेन्टाइनमा बस्न अटेर गरेकाले सुरक्षाकर्मीको माग समेत गर्दै आएका छन् । विदेशबाट फर्किएमा मानिसले क्वारेन्टाइनमा बस्न अटेर गर्दै आएकाले गाउँमा सुरक्षाकर्मी खटाएर मात्र काम गर्न सकिने जनप्रतिनिधिहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update