Erani Mahal
बुटवलकाे काेराेना विशेष अस्पतालमा उपचाररत पाल्पाका एक जना युवाकाे मृत्यु
bises-aspatal

बुटवल - रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुभएकाे छ ।

ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले जानकारी दिनुभएकाे छ । चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । तर उनकाे काेराेना भाइरस संक्रमणकाे कारणले मृत्यु भएकाे हाे वा हैन अहिले नै भन्न सकिने अवस्था भने छैन । उनकाे स्वाबकाे परीक्षणपछि मात्र के कारणले मृत्यु भएकाे हाे भन्न सकिने अस्पतालले जनाएकाे छ ।

उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयाे ।

मृतक बसाइ सरिसकेका थिए : अध्यक्ष जिसी

पाल्पा रिब्दीकाेट स्थायी घर भएका मनिएपनि उनी बसाइसरेर सैनामैनामा गएकाे रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयाे । उहाँले उनकाे पहिले घर पाल्पा कुसुमखाेलमा भएपनि विदेशबाट फर्किएपछि पाल्पा नअाएकाे जानकारी दिनुभयाे ।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update