Erani Mahal
पाल्पाका दुई अस्पतालले ज्वरोका बिरामीलाई फर्काए
citing-losses

बिरामीकाे अवस्था सामान्य थियाे : अस्पताल

पाल्पा – ज्वरो र खोकीको लक्षण देखिएका एक जना बिरामीलाई अस्पतालले फर्काइदिएको छ । बगनासकाली गाउँपालिका–२, पोखराथोकका २० वर्षिय दामोदर कुमाललाई पाल्पाका दुई अस्पतालले उपचार नगरी फर्काएका छन् ।


मिशन अस्पतालले उपचारका लागि बेड छैन भनेपछि एम्बुलेन्समा लुम्बिनी मेडिकल कलेज पुगेका कुमाललाई गाडी बाट नझारेरै टाढै बाट ज्वोरो नापेर घर फर्काइदिएको हो । गत चैत ९ गते भारतको मुम्बईबाट फर्कनुभएका कुमाललाई ज्वरो आउने, खोकी लाग्ने, थकान महसुस हुने लक्षण देखिएको छ । गाउँमा कोरोना भाइरसको संक्रमणको लक्षण मिलेकाले अस्पतालमा फर्काएपनि अस्पतालले फिर्ता गरेको कुमालकी आमाले गुनासो गर्नुभयो ।


बिरामीलाई पिसाव लाग्यो भन्दा समेत मेडिकल कलेजका कर्मचारीले झर्न नदिएर बाटौमा गराउन भनेको एम्बुलेन्स चालक नारायण जिसिले जानकारी दिनुभयो । टाढै बाट ज्वोरो नापे, एउटा दबाई पनि दिएका हुन्, चालक जिसीले भन्नुभयो आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई घर फकाइदिए ।


मिसन अस्पतालमा बिमा भएकाले पहिले त्यही पठायौँ स्थानीय समाजसेवी मथुरा ढकालले भन्नुभयो मिसनमा बेड छैन भनेपछि लुम्विनी मेडिकल कलेजमा बिरामी पठाएका थियौँ । बिरामी जुनसुकै भएपनि उपचारको व्यवस्थपन गर्नुपर्नेमा अस्पतालले गैरजिम्मेवार काम गरेको उहाँले बताउनुभयो ।


उता जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानले बिरामीलाई अस्पतालले फर्काउन नमिल्ने बताउनुभयो । अस्पतालमा आएपछि जुनसुकै रोगका भएपनि बिरामी फर्काउनु गलत भएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले भने जिल्लामा रहेको टोलीले त्यसबारेमा बुझ्ने बताउनुभयो ।


ज्वरो र खोकी नदेखिएपछि बिरामीलाई अस्पताल राखेनौँ : अस्पताल निर्देशक शाक्य

लुम्विनी मेडिकल कलेज प्रभासका निर्देशक डा. राजु शाक्यले भने अस्तापलमा आएको बिरामीको स्वास्थ्य जाँच पछि मात्र फिर्ता गरिएको बताउनुभयो । उहाँले अस्पतालको तर्फबाट खटेका चिकित्सक सहितको टोलीले थर्मल गनको माध्यम्बाट कुमालको ज्वरो नापेर ज्वरो नदेखिएको र खोकी पनि नलागेको भनेपछि बिरामीलाई फर्काइएको बताउनुभयो । बिरामीको अवस्था सामान्य भएपछि फर्काएका हौँ उहाँले भन्नुभयो कोरोनाको लक्षणसँग मिल्ने लक्षण देखिएको भए यहाँ अस्पतालकाे आइसाेलेसनमा राख्न कुनै समस्या थिएन ।


उहाँले अस्पतालले सरकारले भने अनुसार १० बेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको र आवश्यक चिकित्सकको टोली समेत खटाएको बताउनुभयो । ज्वरो, खोकी लागेका बिरामी भए उहाँलाई अस्पतालमा भर्ना गर्न कुनै समस्या छैन उहाँले भन्नुभयो लक्षण नदेखिएपछि बिरामीलाई राख्न पर्दैन भन्ने त्यसमा खटिएका टोलीको निष्कर्ष रह्यो हाेला भन्ने हाे ।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update