Erani Mahal
रिब्दीकाेट गाउँपालिकाकाे हरेक वडामा क्वारेन्टाइन
66

पाल्पा - रिब्दीकाेट गाउँपालिकाकाे सबै वडामा क्वारेन्टाइन बनेकाे छ । गाउँपालिकाभित्रका सातै वडामा पाँच बेडका दरले ३७ र वडा नं. ३ मा ३० बेडकाे गरी जम्मा ६० बेडकाे क्वारेन्टाइन बनेकाे गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयाे ।

भारत सहितका विदेशबाट फर्किएकालाइ क्वारेन्टाइनमा राख्ने काम समेत सुरू भएकाे छ । हालसम्म ख्याहामा स्थापना गरेकाे क्वारेन्टाइनमा २ जनालाइ राखिएकाे छ । काेराेना भाइरसकाे संक्रमणबाट बच्नका लागि सरकारले हरेक वडामा क्वारेनटाइन बनाउन पठाएपछि रिब्दीकाेट गाउँपालिकाले हरेक वडामा क्वारेन्टाइन बनाएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले बताउनुभयाे ।

रिब्दीकाेटमा हालसम्म भारतबाट १२५ जना र अन्य देशबाट २० गरी जम्मा १४५ जना विदेशबाट फर्किएकाे बताउनुभयाे ।

उनीहरू सबैलाइ स्वास्थ्य जाँच पछि घरमै क्वारेन्टाइनमा बस्न पठाएकाे अर्जेलले बताउनुभयाे । अहिलेसम्म काेही पनि नागरिक काेराेना भाइरसँग लक्षण मिल्ने बिरामी नरहेकाे उहाँले बताउनुभयाे । गाउँपालिकाले काेराेनाकाे संक्रमणबाट बच्नका लागि विभिन्न खालका जनचेतनामुलक कार्यक्रम गरिसकेकाे छ भने विभिन्न विद्यालयमा मास्क वितरण पनि गरेकाे थियाे ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update