Erani Mahal
तानसेनकाे टक्सारमा दुरी कायम गरेर मात्रै उपभाेग्य बस्तु किन्न पाइने !
91768430_1116552305356169_5972211849687465984_n

पाल्पा – तानसेनको टक्सारटोलमा अबदेखि २ मीटरको दुरीमा रहेर दैनिक उपभोग्य बस्तु खरिद गर्नु पर्ने भएको छ । तानसेनको टक्सार क्षेत्रमा राखिएका पसलमा भीडभाड नगरी २ मीटरको दुरी कायम गरेर मात्र उपभोग्य बस्तु किन्न पाइने भएको हो ।


यहाँका स्थानीय युवा तथा समाजसेवीहरुले कारोना भाइरसको संक्रमण रोक्न सामाजिक दुरी कायम गर्न २/२ मीटरको चिन्ह बनाएका छन् । टक्सारमा रहेका विभिन्न पसलका अगाडि २ मीटरको फरकमा बनाइएका गोलो घेराभित्र बसेर मात्र दैनिक उपभोग्य बस्तु किन्न पाइने भएको हो ।

तस्विर : केशब बज्राचार्यकाे पेसबुक वालबाट ।

यहाँ कोरोनाको संक्रमण फैलिने गरी भीडभाड नगर्न स्थानीय बासिन्दा केशबलाल बज्राचार्यले बताउनुभयो । उनीहरुले सबै वडामा सामाजिक दुरी कायम गर्न भीडभाड हुने क्षेत्रमा यस्तै चिन्ह लगाउन अनुरोध गर्दै यसले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सहयोग पुग्ने महेशलाल शाक्यले बताउनुभयो ।

तस्विर : केशब बज्राचार्यकाे पेसबुक वालबाट ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update