Erani Mahal
मास्क दुरूपयाेग गर्ने उपर कारबाही गर्न पाल्पाका जनप्रतिनिधिकाे माग !
43-1

पाल्पा – पाल्पाली जनप्रनिधिहरुले जिल्लाका निम्ति प्राप्त पिपिइ सामग्रीबाट मास्क दूरुपयोग गर्ने उपर आवश्यक कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेशसभा सदस्य वीरबहादुर राना, तानसेन नगरपालिकाका प्रमुख एवम् नगरपालिका संघ नेपालका केन्द्रीय सदस्य, अशोककुमार शाही, बगनास गाउँपालिकाका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद बस्याल, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले शनिबार प्रेस विज्ञप्ति निकाली छानविन गरी आवश्यक कारवाही गर्न माग गर्नुभएको हो ।

‘पिपिइ सामग्री सम्बन्धी यथार्थ छानविन सहित जनप्रनिनिधिलाई बदनाम गराउने तथा प्राप्त सामग्री दुरुपयोग गर्ने उपर अविलम्ब आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाको ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख छ । शुक्रबार बिहानैदेखि पाल्पाका जनप्रतिनिधि र कर्मचारीले स्वास्थ्यकर्मीलाई पठाएको मास्क झिकेर प्रयोग गरेको भन्दै आलोचना भएको थियो ।

जनप्रतिनिधिहरुले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि प्राप्त सामग्री जिल्ला प्रशासन कार्यालयले समन्वय गरेको अवस्थामा रोकथामका लागि निरन्तर खटेका जनप्रनिधिप्रति सामग्री दूरुपयोग गरेको आरोपप्रति खेद व्यक्त गरेका छन् ।

चौधरी फाउन्डेसनले कोरोनाबाट बच्च स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिइ सेट ५ थान जिल्ला प्रशासन कार्यालयमार्फत पाल्पा अस्पतालका लागि प्रदान गरेको हो । एन ९५ मास्क ५ वटा झिकिएको अवस्थामा जिल्ला अस्पताललाई हस्तान्तरण गरेपछि सामाजिक सञ्जालमा जनप्रतिनिधि र कर्मचारीले मास्क झिके भन्ने सन्देश फैलिएको थियो । त्यस्तो सन्देश भ्रमपूर्ण रहेको र जनप्रतिनिधिहरुले त्यो मास्क नझिकेको भनेर प्रष्टिकरण दिन विज्ञप्ति निकाल्नु परेको प्रदेश सभा सदस्य नारायण आचार्यले बताउनुभयो ।

पाल्पाली जनप्रतिनिधिहरुले कोरोना सक्रमण र रोकथामका लागि आवश्यक सुरक्षात्मक तथा उपचारात्मक सामग्री आपूर्ति गर्न प्रदेश र नेपाल सरकारलाई अनुरोध गरेका छन् । नागरिकहरुलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन समेत अपिल गरेका छन् ।

के थियाे जनप्रतिनिधिलाइ र कर्मचारीलाइ लागेकाे आराेप ?

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update