X
15
Shares

हेक्लाङ्मा आगलागी हुँदा घर जलेर नष्ट

डिल्लीराज पंगेनी || १५ चैत्र २०७६,शनिबार १२:५३

पाल्पा – पूर्वखोला गाउँपालिका-६, हेक्लाङ पनेर्दीका स्थानीय बासिन्दा मन वहादुर घर्तीको घरमा आगोलागी भएको छ । शनिबार विहान बस्तुभाउलाइ कुँडाे पकाउने क्रममा नजिकै रहेको दाउरा सल्किएर घरमा आगो लागेकाे स्थानीय बासिन्दाले बताएका छन् ।

घरमा सल्किएको आगो स्थानीय बासिन्दाकाे सहयाेगमा नियन्त्रणमा लिइएकाे थियाे । आगलागीबाट घर्तीकाे धनसारमा रहेकाे खाद्य बस्तु र अन्नपात जलेर नष्ट भएकाे छ ।

नजिकै रहेका छिमेकीका कारण थप क्षति हुन नपाएकाे स्थानीय बासिन्दा रमेश घर्तीले जानकारी दिनुभयाे । गाउँमा नजिकै अन्य घरहरू समेत जल्नबाट बचेर ठूलाे दुर्घटनाबाट बचेकाे उहाँले बताउनुभयाे । घरमूलिका अनुसार आगलागीबाट ५ लाख बराबरकाे क्षति भएकाे छ ।

पूर्वखोला गाउँपालिकामा करिव ६०० घर धुरिको घर खरको छाना रहेको छ। अहिले गाउँपालिकाले खरको छाना विस्थापित गरी टिनकाे छानाे लगाउने अभियान चलाएपनि अझै सकिएकाे छैन । खरकाे छानाका कारण यहाँका बासिन्दा त्रासले बस्नु परेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys