Erani Mahal
काेराेना भाइरसकाे चाैथाे संक्रमित फेला
Coronavirus_H

काठमाडाैँ - नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभयाे । उनी दुबईबाट आएका प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एक जनामा कोभिड- १९ रोग पोजेटिभ रिपोर्ट आएको छ,’उहाँले भन्नुभयाे । ‘हामीले उहाँको विस्तृत विवरण संकलन गर्दैछौं। उहाँ उपचारको लागि २४ मार्चमा (गत चैत ११ गते) भर्ना हुनुभएको थियो’,उहाँले भन्नुभयाे ,‘आज रिपोर्ट आएको हो । जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update